मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

इस्लामिक पब्लिक स्कुलमा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

ATN khabar
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको वडा नं.५ स्थित शिशुवा बसन्तपुरमा रहेको इस्लामिक पब्लिक स्कुलमा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

ताविल अन्सारी 

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको वडा नं.५ स्थित शिशुवा बसन्तपुरमा रहेको इस्लामिक पब्लिक स्कुलमा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

कक्षा ९ सम्म अध्ययन हुने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच विभिन्न विधामा प्रतियोगिताको आयोजना गरि विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । इस्लामी पब्लिक स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो. सईदुर्ररहमानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर गाउँपालिकाले पहिलो प्राथमिकता शिक्षालाई राखेको हुँदा यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरु विच शिक्षामा प्रतिस्पर्धा हुनु का साथै व्यक्तिगत क्षमता विकासमा महत्वपूर्ण योग्दान पुगेको बताउनु भयो । आफना सँस्कृति र पहिचानलाई आत्मसात गर्दै यस विद्यालयले आयोजना गरेको शैक्षिक तथा साँस्कृति कार्यक्रम अति नै प्रभावकारी रहेको र निकट भविष्यमा नै गाउँ पालिका स्तरीय कार्यक्रम संचालन गर्ने र सबै विद्यालयका विद्याथीैहरुलाई सहभागी गराई विद्यार्थीहरुको शैक्षिक तथा व्यक्तिगत क्षमता विकासका लागि अगाडी बढने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । यसै गरि सोही कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी हुनु भएका पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतले महिलाहरुलाई शिक्षामा पहुँच आजको आवश्यकता रहेको र इस्लामिक पब्लिक स्कुलले आयोजना गरेको यस कार्यक्रममा छात्राहरुले प्रस्तुत गरेको भाषण , गजल , नाथ ,कविता लगायत शैक्षिक क्षमता प्रदर्शनले अरुका लागि प्रेरणाको स्रोत बन्न सकेको बताउनु भयो । सो कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष मो. सइदुर्ररहमानले विद्यालय बारे जानकारी गराउँदै साढे सात सय भन्दा बढि छात्र छात्राहरु अध्ययनरत सो स्कुलमा २२ जना शिक्षकहरु अध्यापन गराइ रहेको जानकारी समेत दिनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार