मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार खेल १७ चैत्र २०७९
विराटनगर महानगरद्वारा क्रिकेटर राजवंशी र कँडेल पुरस्कृत

ATN khabar
विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

विराटनगर /  

शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको हो । हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर)मा पुर्‍याउन महत्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित सम्मानपत्र गरेको हो । त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा पुर्‍याउन सफल भएका थिए । कँडेलकै कारण नेपाल युथ–१९ विश्वकपमा पुग्न सफल भएको छ । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजवंशी र कँडेललाई दोसल्ला ओढाएर जनही १ लाख १ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका थिए । 

सो अवसरमा मन्त्री राजभण्डारीले खेलकुदले देशको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए । त्यस्तै मेयर कोइरालाले खेलकुदमार्फत विराटनगरको प्रतिष्ठालाई माथि उकास्न योगदान गरेका कारण महानगरले नगदसहित राजवंशी र कँडेललाई सम्मान गरेको जानकारी गराए । उनले विश्वका जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यमबाट परास्त गर्न सकिने धारणा राखे । “नेपालभन्दा युएई निकै धनी र शक्तिशाली छ तर नेपालले उसलाई जित्न सफल भएको छ,” मेयर कोइरालाले भने, “उहाँहरुलाई हौसला होस भनेर महानगरले सम्मान गरेको हो ।” 

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले खेलाडीहरुको उज्वल भविष्यको शुभकामना दिएका थिए । सो अवसरमा विश्वका महान् फुटबल खेलाडी पेलेको अर्धकदको मूर्ति निर्माण गरी विराट गोल्डकप स्थल शहीद रंगशालामा नि:शुल्क रुपमा स्थापना गरिदिने अभिशेक तिम्सिनालाई समेत सम्मान गरिएको थियो । 

प्रतिक्रिया