मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

सुक्खा आँखा: विश्वमा किन धेरै मानिस यो समस्याबाट पीडित छन् र त्यसबाट कसरी बच्न सकिन्छ?

ATN khabar

तपाईँको आँखालाई निरन्तर रूपमा अप्ठ्यारो हुन्छ, चिलाउँछ, आँखामा आँसु आउँछ वा प्रकाशबाट प्रभावित हुन्छ भने तपाईँलाई आँखा सुक्खा हुने समस्या भएको हुन सक्छ।

यो त्यति धेरै गम्भीर समस्या त होइन। तर त्यसले तपाईँलाई दिक्क बनाउन सक्छ।

यसले करिब ५ देखि ४० प्रतिशतसम्म मानिस प्रभावित भएका बताइन्छ।

विभिन्न कारणले आँसुको झिल्लीमा गडबडी उत्पन्न भएपछि यस्तो समस्या आउन सक्छ।

आँसुको झिल्ली लिपिडको तह, पानीको तह र चिप्लो पदार्थको तह, म्युकस मिलेर बनेको हुन्छ।

यी तीन तहको सम्मिश्रणले आँखाको सतहलाई सफा र चिप्लो बनाइराख्छ।

यीमध्ये कुनै एक तहमा आएको गडबडीले आँखामा सुक्खापनको समस्या निम्तिन सक्छ।

यस्तो समस्या हुनुका विभिन्न कारण हुन सक्छन्। अटो इम्यून रोग, केही किसिमका औषधिको प्रयोग, कन्ट्याक्ट लेन्सको प्रयोग र होर्मोनमा आएको गडबडी त्यस्तै केही कारण हुन्।

साउथ ह्याम्पटन विश्वविद्यालयमा आँखा रोगका प्राध्यापक परवेज हुसैनले बीबीसीलाई बताएअनुसार यस्तो हुनुमा धेरैजसो मेबोमिअन ग्रन्थिमा आएको खराबी हो।

यी ग्रन्थि आँखाका परेलामा हुन्छन् र आँसुको झिल्ली बनाउने लिपिडहरू बनाउने काम गर्छन् जसले यी तत्त्वहरू वाष्पीकरण हुनबाट रोक्छन्।

हुसैन भन्छन्, “जब तिनले राम्ररी काम गर्दैनन्, आँसुको तह अस्थिर बन्छ र सोचेभन्दा छिटो हराउँछ।”

कहिलेकाहीँ आँखाले थोरै आँसु बनाउँदा वा कमसल आँसु बनाउँदा पनि यस्तो समस्या आउँछ।

हामीले शुरूमा भनेका लक्षणका साथै सुक्खा आँखाका कारण दृष्टि धमिलो हुने, आँखा रातो हुने र दुख्ने पनि हुन सक्छ।

वातावरणमा सुक्खापन बढी हुनु, हावा र धुलोका कारण र स्क्रीनमा लामो समय हेर्दा पनि यो सुक्खापनको समस्या आउन सक्छ।

वातावरणमा हुने सुक्खापन, हावा अथवा धुलोका साथै लामो समयसम्म स्क्रीनको प्रयोगले सबै लक्षणहरू झन् खराब देखिन सक्छन्।

कम्प्युटरमा केन्द्रित हुँदा हामी कति पटक आँखा झिम्काउँछौँ त्यसमा कमी आउँछ।

आँखालाई सफा गर्न र आँसुलाई समान रूपमा वितरण गर्नका निम्ति उक्त प्रक्रिया आवश्यक हुन्छ।

आँखा थोरै पटक झिम्काउँदा आँसुको तह वाष्पीकरण हुने प्रक्रिया तेज हुन पुग्छ।

आँखाको सुक्खापनको समस्याबाट अधबैँसे मानिस बढी पीडित हुन्छन् भने सामान्यतया पुरुषभन्दा महिला बढी जोखिममा हुने पाइएको छ।

“हामीले गरेको अध्ययन अनुसार ५५ वर्ष हाराहारीका मानिस र अझ खास गरी महिनावारी बन्द हुन लागेका महिला बढी पीडित हुने गरेको देखिन्छ,” हुसैनले भने।

मेबोमिअन ग्रन्थिमा होर्मोनको असरका कारण त्यो हुने गर्छ।

यद्यपि हुसैनका अनुसार डिजिटल सामग्रीको अत्यधिक प्रयोगका कारण कम उमेरमा पनि त्यो समस्या देखिन थालेको छ।

हिजोआजको जीवनशैली, उक्त रोगबारे बढ्दो जनचेतना लगायतका कारणले बिरामीको सङ्ख्या बढिरहेको देखिन्छ।

प्रतिक्रिया