मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार २९ चैत्र २०७९
महोत्तरीमा एक मजदुरले काम गरेको ज्याला माग्दा साहु द्वारा चोरीको आरोपमा कुटपिट

ATN khabar

महोत्तरी जिल्लामा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाधेर मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरेको छ।लोहारपट्टी नगरपालिका वडा नं. ६ बस्ने २१ वर्षीय मोबारक नदाफलाई पैसा दिन्छु भनेर बोलाई सोहि ठाउँ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भन्ने आनन्द मिश्रले पैसा दिनुको सट्टा चोरीको अरोप लगाएरे लोहारपट्टी चोकमा अमानविय व्यवहार गरेको छ।पीडित नदाफका अनुसार आफूले काम गरेको ज्याला वापतको रकम रामजान पर्व पनि चलिरहेको हुँदा पटक पटक माग्दा समेत नदिएको र बीच बजारमा अमानवीय व्यवहार गरेको हो । नदाफले भने, “धेरै दिन देखि ठेकेदार मिश्र संग मैले आफ्नो ज्याला मागे तर दिन नमाने पछि रिस उठेर पैसा नदिए म ग्रिन्डर मेसिन र पंखा लैजान्छु भनेर त्यो औजारहरु घर लिएर आए । अनि चैत्र २३ गते ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा बोलाए पछि जाँदा पैसा दिनुको सट्टा चोरीको अरोप लगाउँदै पोलमा बाधेर मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरे।”पछि स्थानीयको विरोध र प्रहरीलाई खबर गरेपछि मिश्र फरार भएका थिए भने नदाफलाई प्रहरी र स्थानीले उद्धार गरेको थियो ।

घटना पश्चात पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी गरे पश्चात प्रहरीले सोहि दिन घटनामा संलग्न कृष्णा मिश्र भन्ने आनन्द मिश्रलाई प्रकाउ गरेको छ ।महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरिको अनुसार ठेकेदार मिश्रले गरेको व्यवहार अमानविय भएको हुँदा उजुरी लगतै गिफ्तार गरि कारबाही प्रकृया अगाडि बढाइएको छ।स्थानीयले मिश्रले गरेको नदाफ माथिको अमानविय व्यवहारको लागि कडा कारबाहीको माग गरेको छ ।अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।यता पीडि़त नदाफ ऊपर समेत अर्को पक्ष बाट चोरीको आरोप लागेको हुँदा उनलाई समेत प्रहरी ले अनुसंधान मा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार