मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार २६ चैत्र २०८०
निष्पक्ष छानविन सहित कानूनी कार्बाही हुन्छ ।, महाकुम्भ मेला र इद पर्वको शुभकामना : अध्यक्ष अन्सारी

ATN khabar

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाले घटनाको छानबिन गरि दोषीलाई कार्वाही गरिने बताउनु भएको छ । घटना पश्चात् प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कार्वाही गरिने जनाएको छ ।

वहाँले सामाजिक सद्भाव कायम राख्न जनसमुदायमा आग्रह समेत गर्नु भएको छ । चतराधाममा हुने महाकुम्भ मेलालाई साँस्कृतिक एवम धार्मीक पर्यटनको महत्वपुर्ण उत्सवको रुपमा भब्यतापुर्वक सफल पार्न गाउँ पालिका बासीमा हार्दिक आव्हान गरेका छन् । यस्तै इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादान (रोजा) को समाप्ति सँगै मनाईने पर्व इदुल फित्र ( इद) को समेत सम्पुर्ण गाउँबासीमा शुभकामना व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा "नेपाल बहुजातिय, बहु धार्मीक एवम बहु साँस्कृतिक विविधताले भरिएको देश हो । यहाँ १२५ भन्दा बढी भाषाभाषि भएका जात जातिको बसोबास रहेको पुण्य भूमिको रुपमा यो मूलुक विश्व मानचित्रमा अंकित रहेको छ । हाम्रो विशिष्ट पहिचान भनेकै सामाजिक विविधता र सह-अस्तित्वको स्विकार्यता हो । हामी विचको पारस्परिक विश्वास, एकता, भाइचारा र धार्मीक सहिष्णुतालाई अक्षुण राख्दै अघि बढी रहेको हाम्रो सामाजिक परिवेशलाई आघात पुर्याउने गरी गत केहि दिन देखी भैरहेको अवाञ्छित गतिविधिका कारण आम नागरिकको दैनिकीलाई संकुचन मात्रै गरेको छैन यसले हामी विचको सामाजिक सद्भाव र धार्मीक सहिष्णुतालाई समेत आघात पुर्याएको छ ।

मानविय संवेदनालाई ख्याल नगरि पछिल्लो दिनमा भएका अवाञ्छित गतिविधिका कारण हुन गएको भौतिक एवम आर्थिक क्षति र सार्वजनिक सम्पत्तिको नोक्सानी र घटना प्रति हरिनगर गाउँ पालिका दुख व्यक्त गर्दछ । साथै आकस्मिक रुपमा हुन गएको अकल्पनिय घटनामा घाइते हुनु भएका सबैको शिघ्र र पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौं र यस्तो निन्दनिय कार्यमा संलग्न दोषिहरु उपर निष्पक्ष छानविन सहित कानूनी कार्बाहीका लागि माँग गर्दछ । यसैगरी पुण्य भूमि नेपालको प्रसिद्ध प्राचिन हरिद्वार चतराधाममा निकट समयमा हुन गै रहेको महाकुम्भ मेलालाई साँस्कृतिक एवम धार्मीक पर्यटनको महत्वपुर्ण उत्सवको रुपमा भब्यतापुर्वक सफल पार्न गाउँ पालिका सबैमा हार्दिक आव्हान गर्दछ । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादान ( रोजा) को समाप्ति सँगै मनाईने पर्व इदुल फित्र ( इद) को समेत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

विगतको पस्थितिलाई समाधान गर्दै आगामी दिनमा सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण राख्दै सदियौं देखी हामी विच रहँदै आएको पारस्परिक सहयोग एकता र विश्वासलाई बचाउनका लागि राजनैतिक दलका साथै नेता गण, जन प्रतिनिधिहरु, धार्मिक संस्था एवम धर्म गुरुहरु, सामाजिक अगुवाहरु, संघ संस्थाका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधिहरु, उद्योगि ब्यबसायीहरु, शिक्षक कर्मचारी, युवा संगठनहरु, सरकारी र गैर सरकारी संस्थाहरु समेतमा हार्दिक अनुरोध गर्दछ ।" विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार