मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ३१ वैशाख २०८०
अन्तत: पक्राउ परे टोपबहादुर रायमाझी

ATN khabar
आइतवार साँझ बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतवार साँझ बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार भएका हुन्।

यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरण केही दिन अघि नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव पक्राउ परेका थिए । अहिले एमाले सचिव रायमाझी पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।

यसअघि पूर्वगृहमन्त्री भएका थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

त्यसैगरी, सोही प्रकरणमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परिसकेका छन् ।

कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा विरद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तर, उनीहरु अहिले फरार रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार