मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार २८ माघ २०७९
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुनेछ : प्रधानमन्त्री दाहाल

ATN khabar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । उहाँले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ । यसका लागि आयोगलाई अधिकार सम्पन्न बनाइने ।”

भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्ने विषय वर्तमान सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा समेटिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “आयोगलाई जिम्मेवारी निर्वाह गर्ने सवालमा हर प्रकारको सहयोग गर्न र भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुनेछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिकताका साथ अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले भ्रष्टाचारविरुद्धको विश्वव्यापी प्रयासमा ऐक्यबद्धता प्रकटसमेत गर्नुभयो । महासन्धिमा उल्लेखित विषय पूर्ण कार्यान्वयनका लागि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा समसमायिक सुधार गर्ने उहाँले जानकारी दिनुभयो ।

“भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा समसमायिक सुधार गरी यसै वर्षभित्र नयाँ ऐन संसद्बाट पारित गराउने प्रयास गर्छौं”, प्रधानमन्त्री भन्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तीनै तहका सरकार, नागरिक समाज, सञ्चार जगत एवं आम नागरिकलाई आह्वानसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार