मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

शरणार्थी प्रकरणमा भूइचालो नै आउने : ठूला दलका शीर्ष नेताका घर–घरमा बोरामा पैसा पुगेको दावी

ATN khabar

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा निक्कै ठूलो भूइचालो आउने लगभग निश्चित छ । जनबोलीको न्यूज टीमलाई सम्पर्क गर्दै पीडित भनिएकाहरुले ठूला दलका शीर्ष नेता र अध्यक्ष तहकै नेतृत्वको घर–घरमा बोरामा हालेर पैसा पुर्याएको दावी गरेका छन् ।

पीडितहरुको पक्षमा देखिएका अधिवक्ता स्वागत नेपालको सम्पर्क सुत्र खोजेका उनीहरुले केही गोप्य कुरा हामीमा प्रस्तुत गरे । यथेष्ट प्रमाण भने न्यायीक प्रक्रियामा असर नपर्नेगरी केही समयपछि दिने उनीहरुको दावी छ । पक्राउ परेका सन्देश शर्मा भन्नेले रेग्मी थरका व्यक्तिलाई करोडौंको चेक दिएका छन् ।

उनको परिवारभित्र कै केही जनालाई नक्कली शरणार्थी बनाइर अमेरिका पठाउने भनेर पैसा सन्देशको समूहले बुझेको थियो । पठाउन नसकेपछि रकम फिर्ताको रुपमा सन्देशको समूहले रेग्मीलाई करोडौंको चेक दिएका छन् । थुनामा जानुभन्दा अघि सन्देशले ठूलो दलका अध्यक्षहरुकै घर–घरमा रकम दिएकाले त्यहाँबाट नै फिर्ता आएपछि दिने भन्दै रेग्मीलाई चेक बाउन्स गर्न रोकिरहेका थिए ।

केहीको घरमा ९ करोड त केहीकोमा ६ करोड रुपैयाँ बोरामा हालेर बुझाएको प्रमाण रहेको र त्यो रकम लिएपछि तिमीलाई दिन्छु भनेर रेग्मीलाई बारम्बार भन्ने गरेका अडियोहरु यी व्यक्तिहरुसँग सुरक्षित छन् । चितवनमा बायोमेट्रिक्स गरेको त्यहाँ नक्कली शरणार्थी बनेर अमेरिका जान चाहानेहरुबाट प्रति व्यक्ति १० लाखका दरले रकम संकलन गरेको त्यो समूहले खुलाएको छ ।

उक्त रकम पार्टीका शीर्ष नेता, कर्मचारीका उपल्लो तहका व्यक्तिका घर–घरमा गाडिभित्र बोरामा राखेर चालकले पुर्याएको उनीहरुको दावी छ । उठेको धेरै रकम भने यो योजनाका नाइकेहरुले राखेको उनीहरुले बताएका छन् । केही दिन न्यायीक प्रक्रियाको बाटो हेर्ने अन्यथा पत्रकार सम्मेलन नै गरेर प्रमाण बाहिर ल्याउने उनीहरुको दावी छ ।समाचार स्रोत ः जनबोली डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार