मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |
मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

डा सन्दुकद्वारा प्रतिष्ठित इसा अवार्ड बहराइनका राजाबाट ग्रहण, गोल्ड मेडलसहित १३ करोड २६ लाख

ATN khabar
प्रख्यात नेपाली आँखा शल्यचिकित्सक डाक्टर रुइतले यस वर्षको इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी प्राप्त गर्नुभएको हो ।

काठमाडौं । बहराइनको राजधानी मानमहमा राजा हमाद बिन इसा अल खलिफाबाट डा. सन्दुक रुइतले मानवताका लागि प्रतिष्ठित इसा अवार्ड ग्रहण गर्नुभएको छ ।

भव्य कार्यक्रममा नेपालीलाई सम्मानित भएको देख्नु हरेक नेपालीका लागि निकै गौरवको क्षण हो ।प्रख्यात नेपाली आँखा शल्यचिकित्सक डाक्टर रुइतले यस वर्षको इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी प्राप्त गर्नुभएको हो ।

बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कारले विपद् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधाहरू समेटेर उक्त अवार्ड प्रदान गर्ने गरिन्छ ।

यस वर्षको उक्त अवार्ड डा रुइतलाई प्रदान गरिएको हो । उक्त अवार्डमा डा रुइतले, अरबमा आफ्नो प्रकारको पहिलो स्वर्ण पदक र एक मिलियन डलर नगद रकम प्राप्त गर्नुभएको छ । यो नेपाली १३ करोड २६ लाख बराबर हुन्छ ।

उक्त अवार्डका लागि यस वर्ष मनोनीतहरू मध्ये डब्ल्यूएचओ फाउन्डेसन थियो तर निर्णायकहरूले डा रुइतलाई छनोट गरे। उहाँले कम लागतको मोतियाबिन्दु शल्यक्रिया प्रविधि प्रयोग गरी एशिया र विश्वका अन्य भागहरूमा १ लाख ८० हजार भन्दा बढी मानिसहरूको दृष्टि पुनर्स्थापित गर्न मद्दत गर्नुभएको छ ।

उक्त घोषणा गर्दै राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिनुभयो ।

‘नेपाली नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई उहाँको समुदायको सेवा र उपलब्धिको लागि सम्मान गरिएको थियो,’ उहाँले भन्नुभयो ।

यस अवसरमा बोल्दै मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा रुइतलाई मोतियाबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । डा रुइतले आज उक्त अवार्ड ग्रहण गर्नुभएको छ ।

डा रुइतले सयौं हजारौं मानिसहरूको दृष्टि बचाउन सक्षम भए अन्यथा ति अन्धो हुने थिए, महासचिवले कार्यक्रममा नै टिप्पणी गर्नुभयो ।

यो अवार्ड यसअघि मलेशियन मेडिकल रिलिफ सोसाइटी (मर्सी मलेशिया) का संस्थापक जेमिलाह महमूद, भारतको कलिङ्गा इन्स्टिच्युट अफ सोशल साइन्सेज र कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीका संस्थापक डा अच्युता सामन्ता, बाल क्यान्सर अस्पताल फाउन्डेशनलाई प्रदान गरिएको थियो।

डा सन्दुक रुइत बारे

नेपालको दुर्गम क्षेत्रमा जन्मिनुभएका रुइतले भारतमा छात्रवृत्ति पाएर चिकित्सा शिक्षा हासिल गर्नुभएको थियो । उहाँ नेपाल फर्किएर सरकारी स्वास्थ्य अधिकृतको रुपमा काम गर्नुभयो ।

रुइत अनुसन्धानको लागि अष्ट्रेलिया जानुभयो, जहाँ उहाँले प्रत्यारोपण गरिएको इन्ट्राओकुलर लेन्स प्रयोग गरी मोतीबिन्दु माइक्रोसर्जरीमा नवीनतम प्रविधिहरूमा पूर्ण ज्ञान र सीप हासिल गर्नुभयो ।

रुइत नेपाल फर्किए र सन् १९८८ मा आफ्नो देशमा नयाँ प्रविधिहरू ल्याउनुभयो । उत्कृष्ट र नवीन, उहाँको ऐतिहासिक प्रविधिले अनगिन्ती मानिसहरूलाई सस्तो तर उच्च गुणस्तरको लेन्स पाउन मद्दत गर्‍यो।

३० वर्षभन्दा बढी अवधिको सेवामा, उहाँले आँखा हेरचाह सेवा प्रदान गर्नुका साथै प्रति पिस तीन डलर भन्दा कममा शल्यक्रियाका लागि अत्यन्त उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्सहरू निर्माण गर्ने केन्द्रहरू स्थापना गर्नुभयो ।

वर्षौंदेखि डा रुइतको मोबाइल आँखा शिविर चीन, भारत, बंगलादेश, कम्बोडिया, उत्तर कोरियालगायत अन्य ठाउँमा विस्तार भएको छ।

उहाँले उपचार खर्च बेर्होन नसक्ने ५० हजार भन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया निशुल्क गरिसक्नुभएको छ।

डा रुइतले यसअघि रामन म्यागसेसे पुरस्कार २००६, अर्डर अफ अष्ट्रेलिया २००७ र भारतमा पद्मश्री पुरस्कार २०१८ प्राप्त गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार