मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ६ फाल्गुन २०७९
सुरक्षा चुनौती झन् संवेदनशील : प्रधानसेनापति शर्मा

ATN khabar
प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा चुनौतीहरु झन्–झन् संवेदनशील बन्दै गइरहेको बताउनुभएको छ ।

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा चुनौतीहरु झन्–झन् संवेदनशील बन्दै गइरहेको बताउनुभएको छ ।

साथै यसबाट पर्नसक्ने परिस्थितिको सामना गर्नका लागि सैनिकहरूलाई सीप र क्षमता दुरुस्त बनाउन निर्देशन दिनुभएको छ ।

महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवको अवसरमा सकलदर्जालाई सैनिक मुख्यालय जंगी अड्डामा सम्बोधन गर्दै शुक्रबार प्रधानसेनापति शर्माले भन्नुभयो, ‘हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन्–झन् संवेदनशील र पेचिलो बन्दै गइरहेको छ ।

यसबाट आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकलदर्जाले पेसागत ज्ञान, सीप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइ राख्नु आजको आवश्यकता हो ।’

प्रधानसेनापति शर्माले नेपाली सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कुटनीति अनुरुप अगाडी बढ्दै गइरहेको कुरा उल्लेख गर्नुभयो ।

नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्ति अनुसार शर्माले नेपाल सरकार तथा नेपाली जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुको लागि उच्च पेसागत क्षमता र हौसलाका साथ सधैँ तयारी रहनु पर्ने हुँदा उपलब्ध श्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन पनि दिनुभयो ।

उहाँले राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खट्टिएका युनिटहरुले सुरक्षा प्रणालीको समयसापेक्ष पुनरावलोकन गरी स्थानीय जनतासँग समेत सुमधुर सम्बन्ध कायम राख्दै आफूलाई सुम्पिएको जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।

प्रधानसेनापति शर्माले सुदृढ र सु–संगठित सेना नै राष्ट्रिय हितको संरक्षण र सम्वर्द्धनको आधारशीला भएको उल्लेख गर्दै आफ्नो योग्यता र क्षमतालाई सैनिक अनुशासनको परिधिभित्र रही युनिट तथा संगठनको हित हुने गरी सकारात्मक कार्यमा प्रयोग गर्न निर्देशन दिनुभयो ।

वि.स. १८१९ मा नेपाली सेनामा ५ वटा कम्पनीहरु स्थायी रुपमा खडा भएका थिए । सोही वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुवाती वर्षका रुपमा लिँदै यसपटकको महाशिवरात्रीका दिन शनिबार २६० औं सेना दिवस मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार