मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

समाचार स्वास्थ्य २० श्रावण २०८०
लैंगिक हिंसा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

ATN khabar
एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा १ लाख ३३ हजार ८५६ भन्दा बढी महिला हिंसाका घटना भएका छन् ।

काठमाडौँ । एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा १ लाख ३३ हजार ८५६ भन्दा बढी महिला हिंसाका घटना भएका छन् ।

यो अवधिमा घरेलु हिंसाका ९० हजारभन्दा बढी र जबर्जस्ती करणीका १७ हजार ८० भन्दा बढी उजुरी परेका छन् । प्रहरीको तथ्यांकले आव २०५३/५४ बालबालिकाविरुद्ध ३३७ वटा मा महिला तथा घटना भएको देखाएको थियो ।

प्रहरीका अनुसार आव २०७९/८० मा २० हजार ९१३ वटा लैंगिक हिंसाका उजुरी दर्ता भए । तीमध्ये घरेलु हिंसाका १६ हजार ५१९, जबर्जस्ती करणीका २ हजार ३८७, बहुविवाहका ७२३, जबर्जस्ती करणी उद्योगका ५१८, बालयौन दुरूपयोगका ३४३, मानव बेचबिखन तथा ओसारपसारका १५७, अपहरण र जबर्जस्ती करणीका ५९, बालविवाहका ५३, बोक्सीको आरोपका ४३ र अप्राकृतिक मैथुनका ३५ वटा उजुरी छन् ।

गत आवमा लैंगिक हिंसाका सबैभन्दा बढी उजुरी मधेस प्रदेशमा ५ हजार ५७०, लुम्बिनी प्रदेशमा ३ हजार ५८५, उपत्यकामा ३ हजार ३१९, कोसी प्रदेशमा २ हजार ४१६, वाग्मती प्रदेशमा १ हजार ८२५, सुदूरपश्चिम प्रदेशमा १ हजार ५९३, गण्डकी प्रदेशमा १ हजार ३३९ र कर्णाली प्रदेशमा १ हजार २२३ वटा परेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार