मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १ वैशाख २०८०
देशलाई बर्वादी तिर नलान पूर्वराजा शाहको आग्रह

ATN khabar

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा स्विकार्य नहुने बताएका छन् ।

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारिताको ठूलो महत्व रहने स्मरण गराएका छन्।

उनले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ राख्ने उल्लेख गर्दै आज देशमा उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै भएको जिकिर गरेका छन्।

हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट गौरबशाली इतिहास बोकेको यो देशले धेरै दुःख पाएको सबैले महशुस गरेको बताएका छन् । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्र्तराष्ट्रिय सम्मानमा गम्भीर आँच पुगेको जनाएका हुन्।

देशको सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित नभएको उल्लेख गर्दै पूर्व राजा शाहले सिमीत व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिएको गुनासो बढेको पनि बताएका छन्।

उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक भएको उल्लेख गर्दै उनले युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको उनको टिप्पणी छ।

अब कोरा नारा छाडेर सहि प्रकारको राज्य पद्धतिका निम्ति सोच्न सबै खाले गल्ती सच्याउने तिर लागेर देशलाई बर्वादी तिर जानबाट राेक्रनुपर्ने उनले बताए

प्रतिक्रिया

सम्बन्धित समाचार