मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ३ श्रावण २०८०
प्रहरीले महिला माथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन महिलालाई पक्राउ

ATN khabar

प्रहरीले महिलाहरूमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त तीन महिलाहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार असार २९ गते बेलुका सुनसरी बराहक्षेत्र नगरपालिका वडा-९ स्थित चिहान डाँडाको कोशी किनारमा राजाबास टोलमा बस्ने १९ वर्षीय मनिषा राईसहित तीनजनाले विपक्षीहरूको बेईज्जती गरेको भन्ने आरोप लगाई पीडितहरूलाई झुक्याएर चिहानडाँडाको कोशी किनारमा बोलाई पाँच जनाले तीनैजनालाई पालैपालो कुटपिट गरेका थिए।

उक्त कुटपिट गरेको भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राखेपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सामाजिक सञ्जालमा राखिएकोमा पिडितहरूले असार ३१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका थिए।

उक्त जाहेरी दरखास्तको आधारमा पाँच जना अभियुक्तहरूमध्येका जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा-१० भुजेल टोलमा बस्ने वर्ष १९ की प्रीति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै, उक्त घटनामा संलग्न प्रतीवादीहरू भागि लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका-८ सैनिकटोलमा बस्ने वर्ष १८ की दुर्गा राई र सोही टाेलमा बस्ने वर्ष २२ की बिनिता उराँउलाई इप्रका महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले सुनसरीको इटहरी बजारबाट मंगलबार पक्राउ थियो। अन्य फरार रहेका थप २ जना अभियुक्तहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार