मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ५ अशोज २०८०
महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

ATN khabar

विराटनगर / विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।
महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बालस्वास्थ्य शिविर सुरु गरिएको हो । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।
शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् । “यो विशेष प्रकारको शिविर हो । जसमा बिरामी जाँच गर्नुका साथै ५ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधिसहित पोषण सामग्री वितरण गरिन्छ,” कार्यबाहक मेयर कार्कीले बताउनुभयो ।
पोषण स्थिति पत्ता लगाउनका लागि पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने अलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार