मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |
मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार १२ चैत्र २०७९
पार्किङ व्यवस्थापनमा महानगर आक्रमक रुपमा प्रस्तुत ट्राफिक प्रहरीले गरेको पार्किङसमेत हटायो

ATN khabar

मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन  लगाए । महानगर प्रहरीसहित पुगेका मेयर कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिए । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे । नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको सुनाए । “ट्राफिकका इन्स्पेक्टर साब पनि यहीं हुनुहुन्छ । मैले उहाँलाई सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” मेयर कोइरालाले भने, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।” 

विराटनगरवासीले बजारलाई पार्किङ निषेध गरे पनि ट्राफिक कार्यालय  अगाडि गर्न नसकेको भन्दै धेरै नै गुनासो गरेका कारण आफैं उपस्थित भएर सवारी साधन हटाएको उनको भनाइ थियो । जनगुनासोलाई सम्बोधन गर्दै अबदेखि ट्राफिक कार्यालय अगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । उनले भने, “मेयर साबको उपस्थितिमा ट्राफिक कार्यालय अगाडिको सडक र फुटपाथलाई आजैदेखि नो पार्किङ घोषणा गरिएको छ ।”  

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । श्रेष्ठले अबदेखि वैकल्पिक ठाउँमा पार्किङ गरिने बताए । “कार्यालयभित्र पार्किङ गर्न स्थान थोरै छ,” प्रमुख श्रेष्ठले भने, “अबदेखि वैकल्पिक स्थान खोजेर त्यहीं पार्किङ गर्नेछौं ।” ट्राफिक व्यवस्थापन गर्ने निकायकै कार्यालय अगाडिको सडकमा अव्यवस्थित पार्किङ गर्नु लाजमर्दो भएको स्थानीयको भनाइ छ । मेयर कोइराला आफैं उपस्थित भएर ट्राफिक प्रहरी कार्यालय अगाडि वर्षौंदेखि गर्दै आएको सवारी पार्किङ हटाउनु  सकारात्मक भएको स्थानीय तीर्थराज घिमिरेले प्रतिक्रिया दिए । “पार्किङ व्यवस्थापनमा महानगरपालिकाले अत्यन्तै उदाहरणीय कार्य गरेको छ ।यसमा मेयर साब धन्यवादको पात्र बन्नु भएको छ,” उनले भने, “करोडौं खर्च गरेर पार्किङका लागि सडक बनाएको होइन । यसमा जनताले पनि बुझ्नु जरुरी छ ।” घिमिरेकै जस्तै स्थानीय युवराज बस्नेत र बुधन पासवानले पनि प्रतिक्रिया दिए । उनीहरुले भने, “ट्राफिक प्रहरीले सडक नै ढाक्ने गरी सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको थियो । अब चाहिं हिंड्न सहज हुने भयो ।” विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार