मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार १२ वैशाख २०८०
कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

ATN khabar
बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

त्यसपछिको रजिष्ट्रेशन नम्बर भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्नेछ । बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुनेछ उनीहरूको परीक्षा विद्यालयमै गरिनेछ । त्यस्तै रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७/७८ र ७९ भएका विद्यार्थी जो परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीको हकमा समेत विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ ।

परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको    छ ।

ति परीक्षाहरू जेठ १५ गतेदेखि असार १५ गतेभित्र गर्नुपर्नेछ । विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नुपर्नेछ ।

प्रतिक्रिया