मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ९ फाल्गुन २०७९
लोसपाले गरे महन्थ ठाकुरको नाम राष्ट्रपतिमा प्रस्ताव

ATN khabar
राष्ट्रपति निर्वाचन आउँनै लाग्दा कसलाई बनाउने भन्ने विवाद कायम छ । यसबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ ।

काठमाडौं । राष्ट्रपति निर्वाचन आउँनै लाग्दा कसलाई बनाउने भन्ने विवाद कायम छ । यसबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री समेत रहनु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा भेटवार्ता गर्दै लोसपाले यस्तो प्रस्ताव गरेको हो ।

भेटमा लोसपा अध्यक्ष ठाकुरसहितको टोलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने कुरा उल्लेख गर्दै त्यसका लागि ठाकुर उपयुक्त व्यक्ति भएको बतायो ।

लोसपा नेता शरदसिंह भण्डारीका अनुसार राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने प्रधानमन्त्री दाहालको कुरामा अध्यक्ष महन्थ ठाकुर पनि उपयुक्त पात्र र उपयुक्त व्यक्तित्व हुनुहुन्छ भनेर भनिएको छ ।

अध्यक्ष ठाकुरको नाम प्रस्ताव गरिएकोबारे बोल्दै भण्डारीले भन्नुभयो, ‘उहाँको नाममा सहमतिका लागि प्रयासका निमित्त प्रधानमन्त्रीजीलाई आग्रह गरेका छौँ ।’ निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारको मनोनयन मिति फागुन १३ गते तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार