मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

सुरक्षित बैदेशिक रोजगारबारे सुनसरी प्रहरीसँग अभिमुखिकरण

ATN khabar
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।

इनरुवा । वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
वैदेशिक रोजगारीसम्बन्धी समस्या, ठगी र उजुरीका विषयमा प्रहरीको भूमिकाबारे अन्तरक्रियासहित अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी नायव उपरीक्षक राजकुमार राई, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, सामीका प्रदेश कार्यक्रम अधिकृत देवनारायण चौधरी, सुनसरी संयोजक धिरज भट्टराई लगायतले प्रशिक्षण दिनुभयो ।सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा रहेको सुनसरी संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीसम्बन्धी समस्या, ठगी र उजुरीका विषयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले अभिमुखीकरण गरिएको बताउनुभयो ।
अभिमुखीकरणमा वैदेशिक रोजगारीको अवसर, चुनौतीसहित सामी कार्यक्रमको उपलब्धि, समस्या र समाधानका प्रयासबारे जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेले वैदेशिक रोजगारीसम्बन्धी थुप्रै समस्या रहेको बताउनुहुँदै सुनसरीबाट खाडीमुलुक मलेसिया, साउदी कतार जाने मानिसको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार