मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

मोहर्रमको अवसरमा विरामीहरुलाई फलफुल वितरण

ATN khabar
मोहर्रमको अवसरमा विरामीहरुलाई फलफुल वितरण

हिजरी सम्बत:१४४४ को प्रथम महिना मोहर्रमको अवसरमा मुस्लिम समुदायको युवाहरुको तर्फबाट आज भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ।

भेरी अस्पतालको जनरल वार्ड,जेष्ठ नागरिक वार्ड, इमर्जेन्सी र गाईनो वार्ड गरि १५० जना भन्दा बढी बिरामी लाई फलफुल पानी ग्लुकोज ड्राई फ्रुट फ्रुटी लगायतका सामाग्री वितरण गरिएको आयोजकले जनाएको छ। मुस्लिम युवाहरूले ईस्लामले करबला बाट पाएको एकता शान्ति सद्भाव तथा आपसी भाईचाराको सन्देश लाई समाजमा प्रवाह गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको समुहका युवा हाजी मो.आसिफ अन्सारीले बताए।

पैगम्बरे इस्लामका का नाति हजरत ईमाम हुसैन लाई आजैको दिनमा करबलामा शहिद गरेको सम्झ्नामा ईमाम हुसैनले दिएका सन्देश आजको युवाहरु लाई बुझाउन आवस्यक रहेको विद्यार्थी नेता मोहम्मद शोएब अन्सारीको भनाई छ।  साथै करबला बाट त्याग र बलिदानको सन्देश आजको समाजले बुझ्न एकदम जरुरी रहेको समेत उनले जिकिर गरे।

भेरी अस्पताल बिकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले कामको प्रशंसा गर्दै मुस्लिम समुदायका युवाहरुले मोहरर्मको अवसरमा यस्तो मानवीय कामले अस्पतालमा भर्ना भएका बिरामीलाई सहयोग पुग्नुका साथै मानसिक मनोबल समेत बढेको बताउदै अगामी दिनमा समेत यस्तो पबित्र कामको निरन्तरता दिन समेत आग्रह गर्नु भयो।

सो बितरण कार्यक्रममा शोएब अन्सारी , साहिल अन्सारी ,  रचना श्रेष्ठ, , युवा नेता इरफान अलि (अरसद),ईमरान जसगढ, ईबरार खान,मोहम्म्द साजिद खान, मोहम्मद असरफ सिद्दिकी (अन्ना) , समिर अलि बेहना,साबान शाह, नईम अन्सारी , दिलावर रब्बानी लगायत समाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

test ३० भाद्र २०७९, बिहीबार

test tipani

सम्बन्धित समाचार