मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

संक्रमित सञ्चारकर्मीको बीमा रकम भुक्तानी दिन आग्रह

ATN khabar

इटहरी । सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुुझाएको छ ।

बुुधबार प्रेस युुनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाण्डौँमा ध्यानाकर्षण पत्र बुुझाउँदै कोरोना संक्रमित सञ्चारकर्मीहरूको कोरोना बीमा बापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुुझाएका हुन् ।

इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको एक लाखका दरले बीमा बापतको रकम उपलब्ध भएपनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्ता बसेर भुक्तानी दिइने प्रतिबद्वता व्यक्त गरे । अहिले बीमा कम्पनीको हातमा भुक्तानी दिन नमिल्ने भएपनि सरकारसँग वार्ता बसेर समाधान गरिने कार्कीको भनाइ छ ।

यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका दुुई सय ६० जना सञ्चारकर्मीहरूको नि:शुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना संक्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी समेत पाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार