मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

हमासको आक्रमणमा घाइते विद्यार्थी

ATN khabar
विद्यार्थीको भावुक सन्देश– मेरो घरमा आमाको औषधि गरिदिनु है

पोखरा । शनिबार बिहान इजरायली समयअनुसार करिब ८ हमास विद्रोहीले अचानक आक्रमण गर्दा घाइते भएका ९ जना विद्यार्थीहरु नेपालको पश्चिम क्षेत्रका रहेको खुलेको छ । 

उनीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । एनआरएनए आइसीसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले ती विद्यार्थीहरु पश्चिम क्षेत्रका रहेको बताए ।  इजरायलको दक्षिणी क्षेत्रमा १७ जना विद्यार्थी सोही कार्यक्रम अन्तर्गत कार्यरत थिए । 

ती मध्ये ९ जना विद्यार्थीहरु घाइते भएको जानकारी आफूले पाएको उनले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी आफूले पाएको उनले बताए । उनका अनुसार हमास विद्रोहीले शनिबार बिहान अचानक आक्रमण गरेका थिए । मोटरसाइकल र ग्लाइडरबाट उनीहरु इजरायल छिरेको र बमबारी गरेको बताइएको छ ।

इजरायलमा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट त्यहाँको अवस्थाबारे जानकारी गराएका छन् ।  त्यहाँ रहेका एक नेपाली युवाले घाइते भएका र रक्ताम्य अवस्थामा रहेका विद्यार्थीको भिडियो सार्वजनिक गरेका छन् ।

त्यस्तै एकजना विद्यार्थीले भिडियोमार्फत् भावुक सन्देश दिएका छन् । उनले भनेका छन्, “मेरो घरमा आमाको औषधि गरिदिनु है, सबैले ।” त्यस्तै धेरै नेपालीहरुले सुरक्षित रहन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाटै उनीहरुले नेपाली विद्यार्थीहरुको चाँडो उद्धार गर्न आग्रह पनि गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयले पनि शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार