मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |
मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार ३ जेठ २०८०
हरिनगर गाउँपालिका सुनसरीद्धारा नागरिक सुनुवाई सम्पन्न

ATN khabar


सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले आर्थिक वर्ष २०७९।०८० को कार्यप्रगतिबारे नागरिक सुनुुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
विगत ५ वर्षको विकासका कामहरुलाई समेत समेटेर हाल बहुबर्षिय योजनाका सडक निर्माण ,मन्दिर निर्माण लगायतका कामहरुको समिक्षा र कार्यप्रगति जानकारीका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । हरिनगर गाउँपालिका को आयोजना तथा मकालु मिडिया बिराटनगरको सहयोगमा जनप्रतिनिधिहरु , राजनितिक दलका प्रतिनिधिहरु , विषयगतफाँटका कर्मचारीहरु , उपभोक्ता समितिका पदाधिकारीहरु , निर्माण व्यवसायीहरु लगायत सरोकारवालाहरुको उपस्थितिमा हरिनगर गाउँपालिका वडा नं.४को सभाहलमा सम्पन्न भएको छ ।


हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा सम्पन्न सो नागरिक सुनुवाई कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले चालु  आ.व. २०७९।८०को विनियोजित बजेट ६४ करोड मध्ये ५२ प्रतिशत खर्च भएको र निर्माण कार्यहरु तिब्र गतिमा भई रहेको बताउनु भएको थियो । ७ वटा बहुवर्षिय योजनाका सडकहरु सम्पन्न भई सकेको , प्रशासनीक भवन निर्माण कार्य भई रहेको , एक दर्जन भन्दा बढि सडकहरु निर्माणधिन अवस्थामा रहेको , २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा संचालन गरिएको , १५ सैयाको अस्पताल निर्माण कार्य जारी रहेको , विद्यालयहरुमा कक्षा भवन निर्माण भई रहेको , अनलाईन मार्फत भुत्तानी प्रणाली संचालन गरिएको , प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्र्तगत कामदारहरुलाई काममा लगाइएको , समाजिक सुरक्षा भत्ताको ३ किस्ताको रकम वितरण गरिएको , नवप्रवद्र्धन कार्यक्रम अन्र्तगत आधुनिक कृषि औजारहरु खरीद गरि किसानहरुको प्रयोजनमा ल्याएको , भूउपयोग , भूवर्गिकरण गरी कित्ता काट शुरु भएको , ३० भन्दा बढि कानुनहरु निर्माण गरि कार्यान्वयनमा ल्याएको , जानकारी गराउनु भएको थियो । राजनिति दलका प्रतिनिधिहरुले बन्द कोठामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रति विरोध जनाएका थिए । विषयगत शाखाहरुले छुट्टाछुट्टै कार्य प्रगति पेश गर्नु पर्ने मागँ गदैै गाउँपालिकाले सार्वजनिक गरेको काम प्रगति विवरण उपलब्ध गराउनु पर्ने बताएका थिए । गाउँपालिकाले गरेका कामहरु तथा निति बजेट तर्जुमा गर्दा राजनितिक दलहरुलाई उपेक्षा गरिएको गुणासाहरु पोखेका थिए । कामहरुको अनुगमनमा राजनितिक दल तथा सरोकारवालाहरुलाई समावेश नगरिएको प्रति समेत रोष प्रकट गरेका थिए ।
सहभागीहरुले उठाएका सवालहरु प्रति गम्भिर ध्यानार्कषण भएको बताउँदै पालिका अध्यक्ष अन्सारीले नागरिक सुनुवाईमा भएको कमि कमजोरीलाई सच्याउँदै अगामी वर्षमा ओपेन पmलोरमा सन्चालन गर्ने प्रतिवद्धता जनाउँदै उठेका प्रश्नहरुका जवाफ दिनु भएको थियो । वहाँले संघिय सरकारले बजेट कटौति गर्दा संचालनमा रहेका धेरै योजनाहरु रोक्नु परेको बताउनु हुँदै किसानहरुका लागि विद्युतिय प्रणालीबाट सिँचाईका लागि १६ करोडको डिपिआर तयार भई सकेको र अगामी वर्षमा कम्तिमा २ वटा वडाबाट संचालन हुने गरि अनुदानमा मिटर जडान गर्ने लक्ष्य रहेको जानकारी दिनु भएको थियो । अबको अगामी दिनमा पालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट निर्माण गरी काम कारबाही अगाडी बढाउन लागिएको बताउनु भएको थियो । सहभागिहरुबाट आएका सुझावलाई गहनाका रुपमा आफुले लिएको र अगामी कार्ययोजनामा प्राथमिकताका साथ समावेश गरिने समेत सबैलाई आश्वस्त पार्नु भएको थियो । सो अवसरमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य महमफुज आलम अन्सारी , उपाध्यक्ष रिमझिम कुमारी भगत  , नेकपा एमालेका हरिनगर अध्यक्ष कृष्णदेव मेहता , जनता समावादी पार्टी तथा प्रत्यासी उम्मेदवार धर्मविर आर्य समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार