मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १५ फाल्गुन २०७९
राष्ट्रपति चुनावअघि विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

ATN khabar
प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि अरू आठ दलले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्र ३२, नेपाली काँग्रेस ८८, जसपा १२ सिट, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्तिका एक स्वतन्त्रसहित ४, जनमत ६ र राष्ट्रिय जनमोर्चा १ सांसदसहित १५३ सांसदको साथ रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । अबको १० दिनपछि अर्थात् फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।

सरकार गठन गर्ने समयमा गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ ।

‘एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ त्यस कारण राष्ट्रपतिको चुनाव अघि नै संसद्बाट विश्वासको मत लिने तयारी छ’ माओवादीका एक मन्त्रीले भने, ‘विश्वासको मत पाउन समस्या छैन त्यसैले विश्वासको मत लिएर अघि बढ्ने योजना छ ।’

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले एमाले र राप्रपा सरकारबाट हटेर समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै भएकाले विश्वासको मत लिन हतार गर्नुपर्ने अवस्था नरहेको बताए ।

यद्यपी उनले विश्वासको मत लिनेबारे सत्ता साझेदार दलसँगको छलफलपछि कहिले लिने भन्ने टुङ्गो लाग्ने बताए ।

सरकारका प्रवक्ता रेखा शर्माले संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिइने बताइन् । राष्ट्रपति चुनाव अघि लिने कि पछि लिने भन्ने विषयमा सत्ता साझेदार सबै दलसँग छलफल गरेर निर्णय लिने शर्माले बताइन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले भने सरकारले विश्वासको मत छिट्टै लिने दाबी गरे ।

अहिलेको सरकारलाई ८ दलको समर्थन भएकाले सजिलै विश्वासको मत प्राप्त हुने अवस्था देखिएको छ । तत्काल विश्वासको मत लिएमा २ वर्षसम्म कसैले अविश्वासको प्रस्ताव ल्याउन नसक्ने ज्ञवालीले बताए ।

प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि अरू आठ दलले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्र ३२, नेपाली काँग्रेस ८८, जसपा १२ सिट, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्तिका एक स्वतन्त्रसहित ४, जनमत ६ र राष्ट्रिय जनमोर्चा १ सांसदसहित १५३ सांसदको साथ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार