मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ११ अशोज २०८०
नागरिकलाई दुःख नदिने भन्दै इन्द्रजात्रामा हिँडेरै काष्ठमण्डप पुगे राष्ट्रपति

ATN khabar

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् ।

हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट झरेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

“सम्माननीय राष्ट्रपति जुद्ध शालिकमा गाडीबाट ओर्लिनुभयो र सर्वसाधारणलाई अभिवादन गर्दै पैदल काष्ठमण्डप पुग्नुभयो,” राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाह्रखरीसँग भने, “उहाँले सर्वसाधारणलाई दुःख हुने काम गर्नु हुँदैन भनेर पैदल आउनुभएको हो ।”

राष्ट्रपति पौडेलले यसअघि नै सर्वसाधारणको बाक्लो उपस्थिति रहने जात्रामा आफू सर्वसाधारणलाई दुःख नहुने गरी सहभागी हुने बताएको थियो ।

सुरक्षा संयन्त्रले पैदल जाँदा सुरक्षा ‘प्रोटोकल मेन्टेन’ नहुने भन्दै राष्ट्रपतिलाई गाडीमै जात्रास्थलसम्म पुग्न अनुरोध गरेका थियो । तर, राष्ट्रपतिले भने त्यसो गर्दा सर्वसाधारणलाई सास्ती हुने भन्दै हिँडेर जाने अडान राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार