मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

विराटनगरमा खैनी–चुरोट–गुट्खा खोज्न टोली परिचालन

ATN khabar

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्रीवितरणमा समेत निषेध गरेको हो ।

महानगरले सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लंघन गरेर बिक्रीतिवरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ । निर्णय कार्यान्वयनका लागि महानगर कडाइ रुपमा प्रस्तुत भएको छ ।

सोमबार महानगरले ६ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नम्बर १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नम्बर ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले ७, ८ र ९ नम्बर वडास्थित सार्वजनिकस्थलको अनुगमन गरेको छ । त्यसैगरी सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले ११, १२ र १६ नम्बर वडाको अनुगमन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार