मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार खेल १५ चैत्र २०७९
होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

ATN khabar

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । 

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै होराइजन क्वाटरफाइनलमा पुगेको हो । 

टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १५५ रनको स्कोर बनाएका थिए । होराइजनका फिदोस अन्सारीले २९ बलमा ३० रन बनाउँदा निरज मुखियाले २८ बलमा २२ रनको योगदान दिएका थिए । जोगवनीका समित, राजिव र जयन्तले समान २/२ विकेट लिएका थिए । 

१ सय ५६ रनको बिजय लक्ष्य पछ्याएको जोगवनीले निर्धारित २० ओभरमा  ९ विकेट गुमाइ १११ रनमा समिति भयो । होरिजनका दिपेश कन्डेलले ३ विकेट लिए भने दिपक राज जोशी र सवर्ण किस्कुले समान २/२ विकेट लिएका थिए ।

जोगवनीका सुमितलले २२ बलमा १९ रन र राजाले ११ बलमा १६ रनको योगदान दिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच ३० रन र १ विकेट लिने हिरोइजनका फिदोस अन्सारी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर पाए । 

बिहीबार दुई वटा खेल हुनेछ । पहिलो खेल एनबीएससी विराटनगर बोस्टन झापा क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल भारतको कटियार र बैशाली पटना क्रिकेट क्लबबीच हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री कोशी प्रदेशका बुद्धीकुमार राजभण्डारीले गरे ।

चैत १५ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको  ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागि हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका उपाध्यक्ष राजन राज बानाले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपबिजेताले ६१ हजार रुपैयाँ आउनेछन् । म्यान अफ द श्रीजिद हुने खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटमेनले ११ हजार, बेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेरले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार