>
ताविल अन्सारी >
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको १७औं गाउँसभा अधिवेशन शुरु भएको छ । आ.व. २०८१।०८२को निति तथा कार्यक्रम र वार्षिक बजेट पेश भई गाउँसभा अधिवेशन भएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष तथा १७औं गाउँसभा अधिवेशनका सभाध्यक्ष हाजी गफार अन्सारीको सभाध्यक्षमा शुरु भएको गाउँसभा अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८१।०८२को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो । >
>
हरिनगर गाउँपालिकाका अध्यक्ष तथा १७औं गाउँसभा अधिवेशनका सभाध्यक्ष हाजी गफार अन्सारीको सभाध्यक्षमा शुरु भएको गाउँसभा अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८१।०८२को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो । आ.व. २०८१।०८२को वार्षिक बजेटमा रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको छ । संघिय सरकार वित्तिय समानिकरण रु. १२ करोड ६७ लाख, सशर्त अनुदान २३ करोड ९० लाख ५५ हजार,समपुरक अनुदान १करोड १० लाख,राजश्व बाँडफाँड तर्फ रु. १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु.७९ लाख ४८ हजार, सर्शत अनुदान रु. ३९लाख ३३ हजार , राजश्व बाँडफाँड सवारी कर रु. ४४लाख ८८ हजार , घर जग्गा रजिष्टेशन रु. ८०लाख,समपुरक अनुदान रु. १ करोड र गा.पा.को आन्तरिकश्रोत तर्फ विभिन्न कर दस्तुर र अल्या समेत गरी रु. १ करोड,बेरुजु पर्छयौटबाट प्राप्त हुने रकमरु. १० लाख सहित रु. ५२ करोड ८५लाख २४ हजार आय प्रस्ताव गरिएको छ । आ.व. ०८१।०८२को व्यय तर्फ चालु खर्चमा रु. ३५ करोड ३०लाख २४ हजार र पुँजिगत तर्फ रु. १७ करोड ५५ लाख गरी कुल जम्मा रु. ५२ करोड ८५लाख २४ हजार व्यय प्रस्ताव गरेको छ । सुनसरी क्षेत्र नं.४ खका प्रदेश साँसद इसराइल मन्सुरीको प्रमुख आथित्यमा शुरु भएको सो गाउँसभा अधिवेशनमा छिमेकी पालिका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल हुसैन , कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी समेतको उपस्थिति रहेको थियो ।>>