मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

समाचार २६ जेठ २०८०
नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ: इकबाल अहमद

ATN khabar

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा अल्पसंख्यक विभागका प्रमुख इकबाल अहमदले नेपाल-कतार बीचको सम्बन्धलाई प्रगाढ बनाउनमा नेपाल पत्रकार महासंघ कतार शाखालाई महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको कतारमा नेपालीसँग पत्रकार महासंघ र छलफल तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल-कतार बीचको सम्बन्धलाई मजबुत बनाउन नेपाल पत्रकार महासंघ कतार शाखालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा अल्पसंख्यक विभागको प्रमुख इकबाल अहमदले कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय नेपाल-कतार बीचको सम्बन्धलाई खलल पुर्याउने उद्देश्यले विभिन्न तरिकाको अभिव्यक्ति र समाचारहरु आइरहेको बताउदै त्यसको निन्दा गर्नुभएको छ । उनले नेपाली पत्रकारीताले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउनेमा नेपाल पत्रकार महासंघ लागि परेको दाबी गर्नुभयो ।

यसैबीच प्रमुख इकबाल अहमदले कतारमा कार्यरत रहेका पत्रकारहरुलाई कतारको कानुन र नियम बमोजिम पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अहमदले भने,' नेपाली पत्रकारिताले गर्दा कुनै पनि देश र राज्यलाई हानी हुनु हुँदैन । कतारको कानुनमा पत्रकारिताको नियम के छ सोही अनुसारको पत्रकारिता गर्नुपर्दछ । नेपाल जस्तै पक्कै पनि छैनन् । सबै देशमा फरक-फरक कानुन हुन्छ । सोही कानुन बमोजिम पत्रकारिता गर्नुपर्ने हुन्छ । उनले थपे,' नेपाल पत्रकार महासंघ कतार शाखाले नेपाल- कतारको सम्बन्धलाई अझै उचाईमा पुर्याउनु पर्दछ । त्यसका लागि नेपाल पत्रकार महासंघ आग्रह गर्दछ । दुई देशको सम्बन्धमा खलल पुर्याउने कार्य नेपाली पत्रकारिताले गर्नु हुँदैन । यसले हाम्रो सम्बन्धलाई बिगार्न सकिन्छ,' उनले भने ।

यसैबीच कतार स्थितमा रहेका नेपालीहरुको समस्याको समाधान तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । कतारमा कार्यरत नेपालीहरुको समस्याको बारेमा सरकार सँग छलफल गरेर समाधान गर्नमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । कतारमा जेल जीवन बिताइरहेका नेपालीहरुको रिहाईको लागि सरकार समक्ष वार्ता गर्नेपनि बताउनुभएको छ ।

नेपाली नागरिकको इन्स्योरेन्सको समस्या, एजेन्टहरुबाट ठगिमा परेका र त्यसलाई समाधान गर्नको निमित्त, कानुनी र श्रम क्षेत्रका समस्याले गर्दा नेपालीहरुले पाइरहेका समस्याको समाधानको बारेमा नेपाल सरकार सँग वार्ता गर्ने बताउनुभयो । उनले कामदारको हकमा इन्स्योरेन्स मार्फत सरकार सँग सिधा जोडिने कार्ययोजना अघि सार्न श्रम मन्त्रालयलाई अनुरोध समेत गर्ने बताएको छ ।

अर्को प्रसङ्गमा प्रमुख इकबाल अहमदले नेपाल पत्रकार महासंघ चलायमान भएको दाबी गर्नुभयो । बिपुल पोखरेलको नेतृत्वमा बनेको नेपाल पत्रकार महासंघको कार्यसमितिले देशैभरका शाखाहरुलाई चलायमान बनाएको बताउनु भएको छ । उनले महासंघको केन्द्रिय समितिबाट जारी नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानले नेपाल पत्रकार महासंघलाई फाइदा भइरहेको बताएका छन् । उनले महासंघको सदस्यता शुद्धीकरण अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्दै पत्रकारितामा सक्रिय नरहेका सदस्यहरुलाई सदस्यता त्याग गर्न अनुरोध समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि इकबाल अहमद, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, सञ्चारकर्मी अजमल अन्सारी लगायत विभिन्न दर्जन भन्दा बढी संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।कतारबाट पत्रकार अजमल नेपाली

प्रतिक्रिया

सम्बन्धित समाचार