मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार २६ मंगशिर २०८२
एमाले नेता भीम आचार्यसहित ५५ जना विरूद्व ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँकाे बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर

ATN Khabar

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सुनसरी २ नम्बर क्षेत्रका निवर्तमान सासंंद भिम आचार्यसहित ५५ जना विरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालतमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित मुद्वा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ५ जना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महतविरुद्ध मुद्दा दायर भएको हो ।

नेपाल सरकारका पुर्व पर्यटन मन्त्री भिम आचार्यलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जना प्रतिवादी रहेका छन ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको अभियोजन दर्ता हुनासाथ पद निलम्बनको कानूनी प्रावधान छ ।

नेकपा एमालेकाे आसन्न महाधिवेशनमा उपाध्यक्ष लड्ने तयारीमा रहेका भीम आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको राजनीतिक भविष्य दाउमा परेको छ । त्यसैले पनि आचार्यले उम्मेदवारी दर्ता गर्न पाउने छैनन् ।

पछिल्लोपटक सुनसरी- २ बाट २०७९ सालाकाे चुनावमा संघीय सांसद जितेका आचार्य उपाध्यक्षको दाबीसहित अध्यक्षसँग लाइन मिलाउने कसरतमा थिए । उनी नवौँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित भएका थिए ।

माधव-झलनाथ समूहमा रहेका आचार्य १०औँ महाधिवेशनमा भने पदाधिकारी बन्नबाट रोकिए । २०६४ को पहिलो संविधानसभाको निर्वाचनदेखि लगातार जित हासिल गर्दै आएका आचार्य २०७० सालमा पर्यटनमन्त्री बने ।

५१ र ५६ मा भने उनी पराजित भएका थिए । नेकपा कालमा १० बुँदे समूहमा रहेका आचार्य कोशी प्रदेशको मुख्यमन्त्रीसमेत भए ।

कोशीमा उनी निकटका प्रदेश सांसद नेकपा एसमा लाग्दा उनी एमालेमै रहे । नेकपा एमाले कोशीका इन्चार्ज समेत भएका आचार्य सुनसरी एमालेमा लामो समय नेतृत्वमा रहे । उनी लामो समय सुनसरी सचिव भए ।

सुनसरी एमालेमा एकलौटी प्रभाव जमाएका आचार्य यस पटकको महाधिवेशनको प्रतिनिधि छनौटमा पनि प्रभाव जमाउन सफल भए । यसपटक भने मध्यमार्गी रूपमा प्रस्तुत हुँदै आएका थिए ।

आचार्य मन्त्री भएकै बेला तत्कालीन एमालेका नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालसँग विवाद भएपछि उनी बर्खास्तमा परेका थिए ।

आचार्य खनालका भतिजी ज्वाइँसमेत हुन् । उनी मन्त्री भएका बेला विमानस्थलको ठेक्का खनालले भने अनुसारका व्यक्तिलाई नदिएको चर्चा एमाले सुनसरीमा थियो । आचार्यले थाहा नै नपाई पद गएको भन्दै गुनासो गर्ने गर्थे ।

प्रतिक्रिया

सम्बन्धित समाचार