मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

ATN khabar

काठमाडौँ । भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि उनले नै सुरुमा नेपाली नेताहरुसँग पहल गरेका थिए । त्यसक्रममा उनले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । शरणार्थी समस्या समाधानका लागि त्यतिबेलै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेर आग्रह गरेका थिए ।

उनले समेत गरेको व्यस्थापनको लबिङ पछि तत्कालिन गृहमन्त्री थापाले मन्त्रिस्तरीय निर्णयबाट कार्यदल गठन गरेका थिए । त्यही कार्यदललाई टेकेर गिरोहले दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउने धन्दा चलाएको थियो । त्यसको पोल खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ गरिसकेको छ ।

नेता रिजालले बीचमा गिरोहले रकम उठाइरहेको सुँइको पाएपछि नेताहरुलाई भेटेर यसबारे ध्यानकर्षण गराएका थिए । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन संलग्न रहेको तथ्य भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनी भुटानबाट विस्थापित भइ नेपालमा शरण लिइरहेका शरणार्थीहरु मध्येका उच्च तहका व्यक्ति हुन् । उनले शरणार्थी अधिकारका क्षेत्रमा काम गर्दै आएका थिए ।

उनले नेपाल सरकारले मासिक १ लाख रुपैया तलब, ड्राइभरसहित गाडी सुविधा दिएको थियो । झापाको विर्तामोडमा बस्दै आएका उनी बेलाबखत काठमाडौं आउने जाने गर्थे । काठमाडौंमा उनको चावहिलमा डेरा छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया