मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार १९ माघ २०७९
सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी

ATN khabar
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। 

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।

सरकारमै रहेका दलहरूले संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी समाप्त गर्ने षडयन्त्र गरिरहेको भन्दै यादवले भने, ‘यदि संघीयता र समावेशीता विरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।'

यसका लागि तयार रहन जसपाका नेता कार्यकर्ताहरूलाई उनले निर्देशन पनि दिए। मधेस जनविद्रोहकै कारण मुलुकमा संघीयता, समावेशीता, मधेसीको पहिचान जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका कारण यी उपलब्धी रक्षाका लागि जसपाले जस्तोसुकै कदम पनि चाल्न सक्ने उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई इतिहासकै लाचार प्रधानमन्त्रीको संज्ञा पनि यादवले दिए। 

उनले भने ,‘ सरकारमै रहेका दल र मन्त्रीहरूले संघीयता , समावेशीता र धर्मनिरपेक्षता खारेज गर्ने अभिव्यक्ति दिइरहेका छन्, तर प्रधानमन्त्री प्रचण्ड भने स्पष्टीकरण सोध्छु भनेर लाचारी प्रदर्शन गरिरहेका छन्, प्रधानमन्त्री भनेको त संविधान विरोधी अभिव्यक्ति दिने मन्त्रीलाई सिधै कारबाही गर्ने पो हो, स्पष्टीकरण सोध्छु भनेर लाचारी प्रदर्शन गर्नु होइन।'

प्रतिनिधिसभामा १२ सिट भएपनि राष्ट्रिय राजनीतिमा जसपाको भूमिका महत्वपूण रहेको भन्ने नबिर्सिन उनले सत्तारूढ दललाई सचेत पनि गराए। संघीयता कांग्रेस र कम्युनिष्टहरूको मुद्दा कहिले पनि नरहेको भन्दै यादवले संघीयता समाप्त पार्ने साजिस(षडयन्त्र) विफल पार्न जसपा सचेत रहेको र आवश्यक परे फेरि आन्दोलनमा उत्रिन तयार रहेको बताए। 

मंसिरको निर्वाचनमा देश भित्रकै आन्तरिक र देश बाहिरको बाह्य शक्तिको षडयन्त्रका बाबजुद पनि जसपा राष्ट्रिय दल बन्न सफल भएको जिकिर उनले गरे। उनले मंसिर ४ को निर्वाचनमा एमालेसँग तालमेल गर्ने जसपाको निर्णय सहि भएको पनि यादवले बताए। 

प्रतिक्रिया

सम्बन्धित समाचार