मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार खेल ३० चैत्र २०७९
ऋचा मेमोरियल टी–२० क्रिकेट नेपाल पुलिस र एनबीएससीको पहिलो जित

ATN khabar
विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

   विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

पहिलो खेलमा पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न सफल भएको हो ।

लिगको आधरमा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशवलप ३ बलमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले  १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए । दिलीप नाथले ७ बलमा १० रन बनाए ।

बलिङमा दिल्लीका प्रदिप कुमारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने अंकित गोस्वामीले १ विकेट मात्र लिए । 

यसअघि दिल्लीले १५ दशमलप ५ बलमा सबै विकेट गुमाई ८७ रनमा समेटियो । सकिट केडियाले  २२ बलमा २९ रन बनाए ।  उनले २ छक्का र ४ चोक्का हिर्काए । प्रदिप कुमारले १३ बलमा १९ रन पारी खेल्दा अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए । दिल्लीका अरु ब्याटरले दोहोरो अंक  छुन  सकेनन् । 

पाहुना टोली दिल्लीलाई हराउन पुलिसका सागर ढकालको बलिङ घातक रहयो । सागरले आक्रमक बलिङ गर्दै ३. ५ बलमा १७ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । रोशन बुढेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी विजयी भइ २ अंक जोड्यो । 

२२२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिमले १९ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ९५ रनमा सिमित भयो । सुदुरपश्चिमका दिपक बोहोराले  ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ५ छक्का र ९ चौका हिर्काए । नरेशले  ३ छक्का र २ चौक्का हिर्काउँदै  २७ पारी खेल्दा हेमन्त धामीले २२ रनको योगदान दिए । 

बलिङमा एनबीएससीका अनुभव श्रीवास्तवले ४ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए । 

यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २२१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीको पहिलो जितमा राहुल चौधरी र शतिस कुमारले  बिस्फोट ब्याटिङ गरे ।  म्यान अफ द म्याच पनि घोषित भएका राहुलले २२ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ७३ रनको अर्धशतकीय ईङनिङ खेले  । सतिशले ३३ बलमा ४ छक्का र ६ चौका हिर्काउँदै ५७ रनको अर्धशतकीय ईङनिङ खेले । अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रनको योगदान दिए । उनले ६ छक्का र १ चौका हिर्काए । 

बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।  ज्ञानेन्द्र बोहरा र सुमितले समान २–२ विकेट लिए । 

शुक्रबार पहिलो खेल एनबीएससी विराटनगर र दिल्लीबिच हुनेछ । दोस्रो नेपाल पुलिस र एनबी गु्रपु सुदुरपश्चिम बिच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार