मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

के काँग्रेस सच्चिने नै हो त ?

ATN Khabar

ताविल अन्सारी 

बदलिदो राजनितिक परिस्थितिमा नेपाली काँग्रेस भित्र सुधार, परिमार्जन र नेतृत्वको फेरबदलको चर्चा चल्न थालेका छन् । चर्चा गर्नेहरु सुघारवादी होइन , हिजोका दिन सत्ताका लागि सिद्धान्तलाई बन्दक बनाएर भ्रष्टाचार ,शानशौखत र अलिसान जीवनशैलीमा रम्ने पदभ्रष्ट काँग्रेसीहरुले बहस थाल्का हुन । नेपाली काँग्रेस भित्र रहेका सच्चा विपी कोइराला अनुयायीहरु डा. शेखर कोइराला , डा. चन्द्र भण्डारी,   डा. सुनिल शर्मा जस्ता हस्तिहरु देशमा भएको परिवर्तनलाई आत्मसात गरि सकेका छन् । हिजोका दिन पनि यिनीहरुले काँग्रेस बाटो बिरायो , एमालेको दलदलमा फस्यो भनेर आवाज उठाइ रहदा अहिले गंगा नुहाएर सच्चिन खोजेका गगन पक्षधरहरु किन मौन थिए । किन पार्टीलाई कम्युनिष्टको प्रभाव र गुलामीबाट बचाउन प्रयास गरेन । उनीहरु त भ्रष्टाचारमा व्यस्त थिए । डा. चन्द्र भण्डारीले देशको भविष्यको बारेमा गहन आवाज बुलन्द गर्दा पनि बहुला सम्झेर हाँसो उडाएका थिए । तर जब अक्रान्त बनी सकेका नेपाली युवा पुूस्ताले ठोके ,सबैको बुद्दि पलाए जस्तो छ ।  यदि साँचिनै नेपाली काँग्रेस नेपाली जनताको भरोसा बन्ने हो भन्ने नेपाली काँग्रेस भित्रका इमान्दार नेतृत्व जसलाई हिजो र अहिले सम्म पत्याएको छ उनीहरुको नेतृत्वमा पुर्नगठन हुनु पर्छ । पार्टी सभापति शेरबहादुरलाई सम्मान अवकाश दिलाई उटउपगुट नदेखि डा. चन्द्र भण्डारी वा डा. शेखर कोइरालाको नेतृत्वमा नेपाली काँग्रेस अगाडी बढनु पर्दछ । गगन ,विश्वप्रकाशहरुलाई अब नेपाली जनताले पत्याउदैन । नेपाली काँग्रेसले एमाले ,माओवादी सँगको मोह भंग गर्नु पर्दछ । सत्ताका लागि ठगबन्धनको अभियास रोकिनु पर्दछ । नेपाली काँग्रेस भित्र काखा पाखा ,भेदभाव, नश्लिय चिन्तन , यथा स्थितिवादी चिन्तन त्याग्नु पर्दछ । भ्रष्टाचार गरेर पैसाको बलमा नेतृत्व हत्याउने व्यतिथिको अन्त्य हुनु पर्दछ । गरिबका सक्ष्म छोरा छोरीहरु पनि बिना ढउवाके नेता बन्न सक्ने वातावरण सृजना गर्नु पर्दछ । नेपाली काँग्रेस भित्र सत्ता र अवसर पाएर अकुत सम्पत्ति जोडने नेताहरुलाई बर्हिगमन गरिनु पर्दछ । कानुन अनुसार सम्पत्ति जफत देखि जेल सजायसम्मको कारवाहीमा नेपाली काँग्रेसले अभियान नै चलाउनु पर्दछ । अनि मात्र स्व.विपी कोइरालाको महावाणी सुकिला मुकिला भ्रष्टाचारीहरुको चंगुलबाट नेपाली काँग्रेसलाई मुक्त गराएर लोकतन्त्रको रक्षाको एक मात्र नेपाली काँग्रेस हो भनि नेपाली जनतामा विश्वास सृजना गर्न सकिन्छ । सानै देखि खराब बानी लागेका वर्तमान नेपाली काँग्रेसका नेतृत्वले जति पनि दुधले नुहाएर आए पनि व्यवहारमा सच्चिएन भने केवल व्यत्तल्यवाजीबाट नेपाली जनता विश्वास गर्ने आधार देखिदैन  । जय नेपाल 

प्रतिक्रिया

सम्बन्धित समाचार