मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार १६ चैत्र २०७९
शान्तिवनका ‘ठग’ डाक्टर र नेटवर्किङ कारोबारी प्रधानमन्त्रीको नाम भजाउदै मेलाको तयारीमा

ATN khabar
शृङ्खलावद्ध ठगी गरेको आरोप लागेका एभरेस्ट साइन्स सेन्टर (विज्ञान केन्द्र) शान्तिवन बर्जु सुनसरीका सञ्चालक डा. दिलीप अधिकारी अर्को धन्दामा सक्रिय छन् ।

विराटनगर । शृङ्खलावद्ध ठगी गरेको आरोप लागेका एभरेस्ट साइन्स सेन्टर (विज्ञान केन्द्र) शान्तिवन बर्जु सुनसरीका सञ्चालक डा. दिलीप अधिकारी अर्को धन्दामा सक्रिय छन् । 

विज्ञान केन्द्रमा मेला लगाउने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको नाम भजाएका छन् । प्रधानमन्त्री आउने–नआउने टुंगो नलाग्दै ‘प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम’ भन्दै अधिकारी स्टल बुकिङमा लागेका हुन् । 

उनले मेला लगाउन विराटनगरका टिकेन्द्र श्रेष्ठ र सुमन कट्टेललाई जिम्मा दिएका छन् । श्रेष्ठ र कट्टेल विवादास्पद नेटवर्किङ व्यवसायमा जोडिएका व्यक्ति हुन् । उनीहरू विराटनगरमा ‘डाइरेक्ट सेलिङ’ को नाममा नेटवर्किङ धन्दा चलाउँदै आएका व्यक्ति हुन् । 

मेला वैशाख ६, ७, ८ र ९ गतेसम्म सञ्चालन गर्ने तयारी उनीहरूको छ । ‘अहिले म स्टल बुकिङमा लागेको छु, खासै पोजेटिभ रेस्पोन्स छैन,’ श्रेष्ठले भने । श्रेष्ठले प्रधानमन्त्रीलाई उद्घाटनमा ल्याउने तयारी गरिएको भए पनि अन्तिम टुंगो भने नलागेको बताए । 

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार वैशाख ६ गते सुनसरी जाने कुनै कार्यक्रम तय भएको छैन । प्रधानमन्त्रीको सचिवालयमा खबर पुगेको पनि छैन । तर, यता आयोजक भने प्रधानमन्त्री आउने भन्दै स्टल बुकिङमा सक्रिय छन् । केन्द्रमा विज्ञान मेला, औद्योगिक तथा कृषि व्यापारका स्टल राख्ने तयारी छ । 

विज्ञान विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने, विज्ञान शिक्षालाई उन्नयन गर्ने र औद्योगिक तथा कृषि, व्यापार व्यवसायीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको दाबी आयोजकको छ । 

नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ । मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान–प्रविधिका विषयमा अधिक जानकारी पाउने दाबी गरिएको छ । 

साथै, ठूलादेखि साना उद्योगीहरूले समेत आफ्ना १०० भन्दा बढी स्टल राखी नेपालका ७७ वटा जिल्लाबाट आएकाहरूले आफ्ना उत्पादित वस्तु बिक्री तथा प्रदर्शनी गरी आ–आफ्नो व्यापार गर्ने दाबी उनीहरूको छ । 

स्मरणरहोस्, अधिकारीले पहिले पनि नासाबाट चन्द्रमाको चट्टान ल्याएको भन्दै दुनियाँलाई छलेका थिए । उक्त चट्टान नासाबाट ल्याइएको हो/होइन भनी परराष्ट्र मन्त्रालयले हालसम्म आधिकारिक पुष्टि गरिसकेको छैन । 

डा. अधिकारी चेक बाउन्स प्रकरणमा एक पटक थुनामा परेका थिए । उनले विराटनगरमा साथीभाइ बनाउँदै ठग्दै आएका छन् । कतिपयको जग्गाजमिन तथा कतिपयसँग नगद लिएर उनले वर्षौंदेखि पीडित बनाएका छन् । 

अधिकारीले २०७८ फागुन ६ गते छोरा सुदीव विक्रम अधिकारीको धापासी काठमाडौंकी एक युवतीसँग विवाह गराएका थिए । सो विवाहका लागि घर रंगरोगन गर्न उधारोमा कन्चनवारी र विराटनगरको एक पसलबाट ४–५ लाख बराबरको रंग लगेका थिए । सो वापत उनले चेक दिएका थिए । सो चेक नसाटिएपछि व्यवसायीले बाउन्स गरेर राखेका छन् । 

त्यस्तै, छोराकै विवाहका लागि विराटनगरको एक नाम चलेको सुन पसलबाट ५–७ लाख बराबरको चेक दिएर सुन लगेका थिए । चेक नसाटिएपछि उनले बाउन्स गरेर राखेका छन् । मेलामा अनुमानित एक लाख भन्दाबढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला हेर्न जाँदा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट लाग्ने जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार