काठमाडौं । चीनले (नेपाल–चीन नाका) रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ ।>
कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।>
आज एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिनुभयो ।>
नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उहाँले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गर्नुभयो ।>
रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका खुला हुने टुंगो छैन ।>
बुधबार ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले फेरि केरूङ नाकालाई दुईतर्फी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरेको थियो ।>
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बैठकपछि जारी गरेको विज्ञप्ति अनुसार चीनले चैत १८ गते (आगामी शनिबार) देखि उक्त नाकामा दुईतर्फी व्यापारका लागि पूर्ण सञ्चालन गर्ने जनाएको थियो । साथै, यस पटक जनताको पनि दुईतर्फी आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्न लागिएको जनाएको छ । कोभिड–१९ पछि पहिलो पटक चीनले दुईतर्फी रुपमा जनतालाई आवत–जावत गर्नको लागि खुला गर्न लागेको हो ।>
काठमाडौं । चीनले (नेपाल–चीन नाका) रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ ।>
कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।>
आज एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिनुभयो ।>
नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उहाँले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गर्नुभयो ।>
रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका खुला हुने टुंगो छैन ।>
बुधबार ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले फेरि केरूङ नाकालाई दुईतर्फी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरेको थियो ।>
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बैठकपछि जारी गरेको विज्ञप्ति अनुसार चीनले चैत १८ गते (आगामी शनिबार) देखि उक्त नाकामा दुईतर्फी व्यापारका लागि पूर्ण सञ्चालन गर्ने जनाएको थियो । साथै, यस पटक जनताको पनि दुईतर्फी आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्न लागिएको जनाएको छ । कोभिड–१९ पछि पहिलो पटक चीनले दुईतर्फी रुपमा जनतालाई आवत–जावत गर्नको लागि खुला गर्न लागेको हो ।>>