मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

२५ असार २०८१
विराटनगरमा ‘फ्ल्याट’ भाडामा लिएर यौन धन्दा

ATN khabar
यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा प्रयोग

विराटनगर : विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने गरिएको पाइएको छ ।

आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारी युवतीहरूलाई यौन धन्दामा प्रयोग गर्ने गरेको पाइएको हो । प्रहरीले फ्ल्याटबाट ६ जनालाई उद्धार गरेको छ ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको डीएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले भाडाको फ्ल्याटमा छापा हानेर गत शुक्रबार २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरूको उद्धार गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना तथा झापाका २ जना छन् ।

सुनसरीको इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर महानगरपालिका् ११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई यौन व्यवसायमा लगाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एसपी कार्कीका अनुसार साह र चुँडालले मोहन सिटौलाको दुई तले घरको भुइँ तलाको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्ने गरेको खुलेको छ ।

उनले भने, ‘आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमाडौंलगायत विभिन्न ठाउँबाट झिकाइएका युवतीहरूलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गर्दा रहेछन् ।’

साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरूलाई चरम यातनासमेत दिने गरेको एसपी कार्कीको भनाइ छ ।

‘कुटपिट गरेको चोट र निलडाम शरीरभरि छ । हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउहरू देखिन्छ,’ उनले भने, ‘आफूहरूले भनेको नमानेमा युवतीलाई कुटपिट गर्दै यातना दिने गरिँदो रहेछ । यातना र शोषणको पीडासहित युवतीहरूले प्रहरीलाई खबर गरेका थिए ।’

युवतीलाई कुटपिट गर्दै यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ । चुँडालका व्यावसायिक साझेदार साह भने फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ । source : takura news

प्रतिक्रिया

सम्बन्धित समाचार