मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

२९ भाद्र २०८२
अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की

ATN Khabar

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी प्रतिनिधिसहित विभिन्न सरोकारवालासँगको परामर्शपछि २७ भदौमा अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई नियुक्त गरेका छन्। उनको सपथ ८:४५ मा हुने भएको छ।

कार्कीले आजै राष्ट्रपतिबाट सपथ लिने भएकी छन्। सपथलगतै जेन-जीका प्रतिनिधिसँगको परामर्शमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य सुरु हुनेछ।

जेन-जीले गरेको आन्दोलनकै बीच २४ भदौमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ओलीको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेसँगै ओली नेतृत्वको गठबन्धन सरकार स्वतः विघटन भएको थियो।

जेन-जीले अन्तरिम सरकार गठनको मागसँगै संसद् विघटनको पनि माग गरेको थियो। अन्तरिम सरकार गठनमा सरोकारवाला सहमत भए पनि संसद् विघटनको प्रस्तावमा धेरैको विमति थियो। तर कार्कीको नियुक्तिअघि नै प्रतिनिधिसभा विघटन गरिएको छ।

कार्कीलाई २५ भदौमा भएको जेन-जीको बृहत् भर्चुअल बैठकमा गरिएको सर्वेबाट अन्तरिम सरकार प्रमुखमा अघि सार्ने टुंगो भएको थियो। कार्कीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतले समर्थन गरेका छन्।

कार्की सरकारी दमनको विरोध गर्दै २४ भदौमा जेन-जीप्रति ऐक्यबद्धता जनाउन नयाँ बानेश्वर पुगेकी थिइन्। साथै सोही दिन घाइतेको अवस्था बुझ्न उनी मीनभवनस्थित सिभिल अस्पताल पुगेकी थिइन्। https://nepalnews.com/2025/09/12/sushila-karki-sworn-in-as-interim-government-chief-at-845/

प्रतिक्रिया

सम्बन्धित समाचार