मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार पर्यटन २९ चैत्र २०७९
विराटनगर–११ का ज्येष्ठ नागरिकका लागि धार्मिक यात्रा

ATN khabar
विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिले ज्येष्ठ नागरिकहरुलाई धार्मिक यात्रा गराएको छ ।

विराटनगर / विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिले ज्येष्ठ नागरिकहरुलाई धार्मिक यात्रा गराएको छ । 

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा बुधबार धार्मिक यात्रा गराएको हो । सामूहिक रुपमा धार्मिक भ्रमण गराउँदा ज्येष्ठ नागरिकहरुमा हौसला प्राप्त हुने भएकाले कार्यक्रम राखिएको समितिका अध्यक्ष ललित श्रेष्ठले बताए । उनका अनुसार ज्येष्ठ नागरिकहरु बिहान ५ बजेदेखि नै ज्येष्ठ नागरिक भवनमा आएर बसेको सुनाए । 

समितिको वडा नम्बर ११ मा आफ्नै भवन छ । धार्मिक भ्रमणमा ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकालका साथै समितिका पदाधिकारी र सदस्यहरु पनि गएका थिए । सुनसरीको बराहक्षेत्र, चतरा र रामधुनीको भ्रमण गराइएको अध्यक्ष श्रेष्ठले बताए । स्वास्थ्यकर्मीसहितको भ्रमणमा ९२ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । सामूहिक धार्मिक भ्रमणमा जान पाउँदा ज्येष्ठ नागरिकहरु खुसी देखिएका थिए । “हामीजस्ता ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गराएर महानगर र ज्येष्ठ नागरिक वडा समितिले पुण्य काम गरेको छ,” भ्रमणमा सहभागी सम्झना नेपालले भनिन्, “यसरी सामूहिक भ्रमण गर्दा बेग्लै अनुभव हुँदो रहेछ ।” 

प्रतिक्रिया

सम्बन्धित समाचार