मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार परिचय २८ वैशाख २०८०
लेडी सिंघम सिडिओ हुमकला पाण्डेको कार्यशैली जनमुखी

ATN khabar
इमान्दार र कर्तव्यनिष्ठ प्रशासक जहिले पनि जनहितमा काम गर्ने परिपाटीको एक शसक्त उदाहरण बन्न सफल भएकी छिन् सुनसरीका सिडिओ हुमकला पाण्डे । वहाँको कार्यकाल अझ सशक्त , जनमुखि बन्न सकोस् यहि नै शुभकामना ।

ताविल अन्सारी
सुनसरी जिल्लाको प्रशासन प्रमुख अर्थात प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको ४ महिनाको कार्यकाल अति नै सफल र जनमुखि रहेको सर्वसाधारणहरुले महसुुस गर्न थालेका छन् ।
सुनसरीमा महिला सिडिओ आउँदा उनको कार्यशैली तथा क्षमता प्रति बढिको जिज्ञासा रहेको थियो कि महिला सिडिओले प्रशासन राम्ररी चलाउन सक्छन कि सक्दैन तर वहाँको यति कम समयको कार्यकालको काम कारबाहीले आम सर्वसाधारणको मन जित्न सफल हुनु भएको छ ।

दण्डहिनता , भ्रष्टाचार ,उदण्डता  प्रति कठोर देखिएको प्रजिअ पाण्डेको हरेक सूचना , निर्णय र निर्देशन भित्र आम नागरिकको भलो जोडिदै आएकोले अहिले वहाँ सुनसरीमा लेडि सिंघम सिडिओ को रुपमा चर्चाको शिखरमा  पुग्न सफल भएकी छिन । वहाँले जनताको काम सरल र सुलभ बनाउनका लागि आउन वित्तिकै हरेक फाँटमा कार्यशैलीमा नै परिवर्तन ल्याएर जनताले भोग्दै आइरहेको झंझिटिलो सेवालाई सरल बनाउनु भयो ।

विचौलिया र दलालहरुको विगबिगीलाई न्युनिकरण कडा निर्देशन दिई जनतालाई सास्तीबाट उन्मुक्ति दिलाउनु भयो । सर्वसाधारण देखि पँहुचवालाहरुको वहाँ सँगको भेटघाट प्रणालीलाई पालैपालोको सिस्टम र भेटघाट गराउने कर्मचारीको बोली व्यवहारमा सिस्टताले त जो कोही भेटन जाँदा आफु गर्वान्वित महसुस हुने वातावरण सहजै महसुस गर्ने गर्दछन् यति मात्र होइन सर्वसाधारणले कस्तो सेवा पाई रहेका छन् त्यसको सूक्ष्म निगरानी राख्ने प्रजिअ पाण्डे आफैं फाँटहरुमा पुगेर निरीक्षण गर्ने ,सर्वसाधारणको गुणासाहरु सुन्ने र कर्मचारीहरुलाई जनताको सेवा प्रति सर्मपित रहन निर्देशन दिइ रहने वहाँको सुशासन प्रतिको सचेतताले सेवा प्रवाह सजिलो बनेको सहजै देखिन्छ । बाहिरी विचौलियाहरु प्रति निगरानी र कारबाहीले भ्रष्टाचारलाई न्युनिकरणमा ठुलो योग्दान पुगेको छ ।

स्थानीय सरकारसँगको वहाँको सुमुधुर सम्बन्ध ,दण्डहिनता ,उदण्डता , कुशासन प्रतिको कठोरता , समाजिक सदभाव राख्न खेलेको भूमिका लगायतका विविध पक्षमा वहाँको सकृयताले सुनसरीमा शान्ति सुरक्षाको स्थिति बलियो बन्दै गएको छ । इमान्दार र कर्तव्यनिष्ठ प्रशासक जहिले पनि जनहितमा काम गर्ने परिपाटीको एक शसक्त उदाहरण बन्न सफल भएकी छिन् सुनसरीका सिडिओ हुमकला पाण्डे । वहाँको कार्यकाल अझ सशक्त , जनमुखि  बन्न सकोस् यहि नै शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित समाचार