मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

एक बिघाकाे बन्दा बारीमै सुक्यो, कृषक भन्छन्-पाँच रुपैयाँमा बेच्न मन मानेन

ATN khabar

दाङ । दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाएको बन्दागाेभी बिक्री नहुँदा मारमा परेका छन् ।

तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका चौधरीको तयारी अवस्थामा रहेको बन्दागाेभी हालसम्म बिक्री हुन सकेको छैन ।

चौधरीले घोराही–६, गुरुवागाउँमा लगाएको सबै बन्दाकोभी अहिले बारीमै सुक्न थालेको छ । एक बिघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दाकोभी तयार भए पनि बेच्न समस्या भएको छ ।

बजारमा सस्तोमा पाउन थालेपछि बन्दाकोभी बिक्री गर्न समस्या भएको चौधरीको भनाइ छ ।

‘घरखर्च धान्न सकिएला कि भनेर एक बिघामा बन्दाकोभी लगाएको थिएँ, बिक्री गर्न नसक्दा सुक्न थालेको छ,’ चौधरीले भने, ‘खरिद गर्न कोही पनि आएका छैनन् ।’

प्रतिकिलो पाँच रुपैयाँका दरले बन्दाकोभी किन्न आउँदा बिक्री नगरेको उनको भनाइ छ ।

चौधरीले ७० हजार खर्च गरेर एक बिघा जमिनमा बन्दाकोभी लगाएको बताए । ‘बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्,’ चौधरीले भने, ‘थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।’

प्रतिकिलो पाँच रूपैयाँमा बन्दाकोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उनको भनाइ छ ।

हाल पाउँदै गरेको मूल्यले बन्दागाेभी को बीउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी बताउँछन् । ‘व्यापारीसित समन्वय गर्दा बन्दाकोभीको बजार छैन भन्ने खबर पाएँ,’ उनले भने । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार