मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २६ वैशाख २०८०
श्री चपडाही आधारभुत विद्यालयको कक्षा कटौति र शिक्षक सरुवा विरुद्ध संर्घष गरिने ।

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका,सुनसरीको वडा नं.१ स्थित श्री चपडाही आधारभुत विद्यालयको कक्षा कटौती तथा शिक्षक सरुवा विरुद्ध संघर्ष गरिने भएको छ ।
हरिनगर गाउँपालिका वडा नं.१ का वडाध्यक्ष प्रविण प्रसाद गुप्ताले पालिकाले विद्धेषपूर्ण ढंगले श्री चपडाही आधारभु विद्यालयको कक्षा कटौति तथा शिक्षक सरुवा गरेकाले सोको विरुद्ध संघर्ष गरिने बताएका छन् ।

वि.सं.२०३२ सालमा स्थापना भएको श्री चपडाही आधारभुत विद्यालयमा रेकर्ड अनुसार विद्यार्थीहरुले नियमित पठनपाठन नदेखिएकोले कक्षा कटौति तथा शिक्षक सरुवा नियमित प्रकृया अनुसार नै भएको शिक्षा शाखा हरिनगरले जनाएको छ ।

विद्यालयको रेकर्डमा २८२ जना विद्यार्थी देखिएता पनि शिक्षा शाखाको नियमित अनुगमनमा सो संख्याको ४० प्रतिशत विद्यार्थीहरु मात्र अध्ययन गरि रहेकाले कक्षा कटौति गर्नु परेको शिक्षा शाखाको दाबी छ । कक्षा ६ मा रेकर्डमा २३ जना देखाएता पनि नियमित १० जना , कक्षा ७ मा १२ जना रेकर्ड मा रहेको तर ५ जना मात्र नियमित पठन पाठन गरेको , कक्षा ८ मा रेकर्डमा ३० जना रहेता पनि नियमित ९ ,१० जना पठन पाठन गरेको अवस्था लाई मध्यनजर गरी शिक्षा ऐन अनुसार विद्यार्थी अति नै न्युन रहेकाले पनि नि.मा.वि. सम्मको कक्षा संचालन अनुचित देखिएकाले कक्षा कटौति गरिएको बताइएको छ ।

बालबिकास केन्द्रमा ५४ जना बालबालिका रेकर्डमा देखाइएता पनि नियमित अनुगमनमा २० देखि २२ जना मात्रे रहेकाले बाल विकास कोटा नथपिएको शिक्षा शाखाको स्पष्टोक्ति रहेको छ । फर्जि विद्यार्थी संख्या देखाएर पाठय पुस्तक ,खाजा भत्तामा गरेको भ्रष्टाचार ,ठिक समयमा शिक्षकहरु विद्यालय नआउने , जति बेला मन लागे गई हाल्ने , शिक्षामा व्यापक सुधारका लागि अनावश्यक शिक्षक भर्तिलाई मिलान गर्न , नियमित प्रकृया अनुसार शिक्षक सरुवा गरिएको ,यो कारबाही श्री चपडाही आ.भु. विद्यालयमा मात्र नभई अन्य विद्यालयहरुमा पनि कक्षा कटौति तथा शिक्षक सरुवा गरिएको पालिका स्रोतले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार