मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

समाचार अन्तरसंचार २४ जेठ २०८०
विवादास्पद नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने

ATN khabar

ढाका । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद नक्सालाई लिएर बंगलादेशको सरकारले भारतीय विदेश मन्त्रालयसँग प्रष्टीकरण माग्ने भएको छ । यसका लागि सरकारले आफ्नो भारतीय मिसनलाई निर्देशन दिएको हो ।

बंगलादेशका विदेश राज्यमन्त्री सहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै अवामी लिगको सरकार नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको नक्शाबारे प्रष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए । बंगलादेशको विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीले भारतीय नक्सा आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि चुनौतीका हुन सक्ने भन्दै विरोध जनाएको थियो ।

‘यो नक्सालाई लिएर व्यापकरुपमा आक्रोश छ । यो राखिएको कुरामा कुनै सन्देह छैन । यद्यपि, थप प्रष्टीकरणका लागि हामीले दिल्लीस्थित मिसनलाई भारतीय विदेश मन्त्रालयसँग कुराकानी गर्न आग्रह गरेका छौँ । उनीहरूको प्रष्टीकरण आएपछि थप निर्णय लिइनेछ,’ ढाका ट्रिवुनले आलमलाई उद्धृत गर्दै लेखेको छ ।

गत २८ मेमा भारतीले प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका थिएँ, जहाँ राखिएको मुरल नक्साले नेपालमा पनि विरोध उत्पन्न गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा यो विषयमा गम्भीरतापूर्वक कुरा नउठाएको भनेर संसदमा समेत आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार