मुख्य समाचार
सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका | प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस | जेन–जी आन्दोलनमा देशभर वितण्डा मचाउने २३७ जना पक्राउ | के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न |

स्थानीय समाचार रोजगार २३ वैशाख २०८०
कोशीमा बेरोजगार युवालाई लोकसेवा कक्षा तयारी सम्पन्न

ATN khabar

सुनसरी । कोशी गाउँपालिका सुनसरीले बेरोजगार युवाहरुले लोकसेवाबाट रोजगार पाउन सकोस् त्यसका लागि लोकसेवा कक्षा तयारी सम्पन्न गरेको छ । 

युवा लक्षित कार्यक्रम अन्तरगत सामजिक जीवन केन्द्र नेपाल सुनसरीको सहकार्यमा भएको ३० दिने अर्थात एक महिने लोक सेवा आयोगको खरिदार र नावय सुब्बा  तयारी कक्षा एक औपचारीक कार्यक्रमका बिच सम्पन्न हो । 

कोशी गाँउपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा दिएको हो  । आयोगद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने गाउँका बेरोजगार युवा युवतीहरुका लागि तयारी कक्षा गराएको हो । गाउँपालिकाका ४० जनालाई नायव सुब्बा र खरिदार पदको परीक्षा दिने उम्मेदवारहरुलाई सहभागीता गराएर तालिम दिएका थिए।

कोशीका उपाध्यक्ष अनितादेवी यादवले गाउँपालिकाले गाउँका युवायुवतीहरुलाई लक्षित गरी जिल्लामै पहिलो पटक आफूहरुको पहलमा नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सन्चालन गराउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । गाउँपालिकाका धेरै युवायुवतीहरुले नायव सुब्बा र खरिदार पदमा नाम निकाल्न सकुन र गाउँपालिकाको शिर माथि उठोस भनेर आफुहरु र विषेश गरेर अध्यक्ष ऐयुव अंसारीले पहिलेदेखि देखेको सपना पुरा हुनेमा यो तयारी कक्षाले निकै महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार