मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |
मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार २७ चैत्र २०७९
सीसी क्यामेरा बन्द गरेर रातारात औषधीसहितका प्रमाण गायब

ATN khabar

इनरुवा । इनरुवा नगरपालिकामा फर्जी कागज बनाएर मिलोमतोमा खरिद गरिएको औषधीको प्रमाण लुकाउनका लागि मेयरसहितका कर्मचारीहरु संलग्न रहेको तथ्य खुलेको छ ।

औषधीमा सप्लायर्ससँग मिलोमतो गरि बैक ग्यारेण्टी भौचर फर्जी पेश गरेको प्रमाणसँगै औषधी गुणस्तरहिन भएको तथ्य सार्वजनिक भएपछि मेयर केदार भण्डारीसहितका कर्मचारीहरुले बुधवार राती नगरपालिकाबाट औषधी लुकाएका हुन ।

औषधी लुकाउने तयारीका लागि दिउँसो मेयर केदार भण्डारीको कार्यकक्षभित्र रहेको गोप्य कोठामा योजना बनाइएको थियो । दिउँसो बनाइएको योजनाअनुसार राती मेयर केदार भण्डारी, उनका स्वकीय सचिव कुवेर जड्ड थापालाई लिएर कार्यालय परिषरमा पुगेका थिए ।

कार्यालयको सभाहल रहेको भवनमा राखिएका औषधीका कार्टुन बाहिर ल्याएर सवारीसाधनमा राख्नका लागि भवनभित्रका केही कोठाका साँचो लिएर आउने कार्यालय सहयोगी ढिलो आउने खबर पाएपछि ताला फुटाउने तयारी गर्दा गर्दै ति सहयोगी आएपछि तोडफोड भने नगरिएको बताइन्छ ।

योजनाअनुसार जिन्सी फाँटका प्रमुख कुमार निरौला, जिन्सी फाँटकै महेश खनाल, स्वास्थ्य शाखामा काज सरुवा भई आएका निखिल पोखरेल, अर्का स्वास्थ्यकर्मी सन्तोष देव, कुवेर जड्ड थापासहितले कार्टुन ओसारपसार कार्यमा सवारी चालक र कार्यालय सहयोगीलाई सहयोग गरेका थिए ।

मेयर केदार भण्डारीले जिन्सी फाँटका प्रमुख निरौलालाई सीसी टिभीको क्यामेराबाट ओसारपसार गरेको दृष्य रेकर्ड हुने भएकाले क्यामेरा बन्द गर्न निर्देशन दिएका थिए ।

क्यामेराको लाइन बन्द गरिएकाले सरोकारवालाहरुले भोलीका दिनमा छानविन गर्ने क्रममा प्रमाण नभेटने गरि म्याद गुज्रिन एक महिना बाँकी रहेका उक्त औषधीका कार्टुनहरु लुकाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुधवार रातीको समयमा नगरपालिकाका कार्यालय सहयोगीहरु र सवारी चालकलाई मेयर केदार भण्डारीको आदेशमा बोलाएर कार्यालयकै ट्याक्टरमा करिब ३ सय कार्टुन औषधी राखिएको थियो ।

स्रोतले भन्यो, ‘ति औषधी सुरक्षित रुपमा राख्नका लागि कसैले थाहा नपाउने स्थान खोजी गर्ने क्रममा इनरुवा ४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको मोडल हस्पिटल नाम गरेको स्वास्थ्य संस्थामा पु¥याइएको थियो ।

औषधी लगायतका कागजपत्रहरु सुरक्षित राखिएपछि उनीहरु राती अवेर घर फर्किएको बताइन्छ। इनरुवा ४ मा रहेको मोडल हस्पिटल सुनसरी प्रदेश सभा क्षेत्र ४ ख बाट निर्वाचित प्रदेश सभा सदस्य इस्राइल अन्सारी र उनको परिवारसमेत साझेदार रहेर सञ्चालन हुँदै आएको छ।

सांसदको घर त्यसमा पनि अस्पताल सञ्चालनमा रहेकोले त्यहाँ राख्दा कसैले आशंका नगर्ने निष्कर्ससहित त्यहाँ लुकाईएको स्रोतको दावी छ ।

मेयर भण्डारीले औषधी खरिद प्रकरण सार्वजनिक भएपछि औषधीका कार्टुनभित्र रहेका म्याद गुज्रन लागेका औषधीको सत्य तथ्य संचारमाध्यमले खोजी गर्ने क्रममा फेला पारेको खण्डमा कानुनी र राजनीतिक रुपमा अप्ठयारो स्थितिको सामाना गर्नुपर्ने अवश्था आउन नदिन आफै अग्रसर भएर प्रमाणहरु लुकाएर भोलि पल्ट नेपाली कांग्रेसका जिल्लामा रहेका केन्द्रीय सदस्य प्रदेश तह, र जिल्ला तहका नेता कार्यकर्ताहरुको टोली लिएर चितवन हुँदै काठमाण्डौ गएको स्रोतले जनाएको छ ।

नगरपालिका कार्यालयबाट बोलपत्रको आशय स्वीकृत भएर खरिदको कार्यादेश र सम्झौता भएपछि औषधी सप्लायर्सले नगरपालिकाको जिन्सी शाखामार्फत स्वास्थ्य शाखामा बुझाएर भण्डारण गरिएको औषधी खरिद प्रकरण सार्वजनिक भएपछि प्रंमाण नष्ट गर्न रातारात लुकाइएको थियो ।

कमिसन लिनका लागि म्याद गुज्रिन एक महिनामात्रै बाँकी रहेका औषधीहरु ठुलो परिणाममा सप्लायर्समार्फत नगरपालिकाका १० वटै वडामा वितरणका लागि पठाउन लागिएको तथ्य सार्वजनिक भएपछि तत्काल ति औषधी वितरणका लागि नपठाई राखिएको थियो ।स्रोत : वर्णमाला अनलाइन 

प्रतिक्रिया