मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

अर्थतन्त्र ६ श्रावण २०८०
त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी निलम्बन

ATN khabar

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा परेका छन् ।

हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि ३ जनालाई निलम्बन गरिएको हो ।

कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभागको भनाइ छ । भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो । तर, उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो ।

शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपर्‍याएको बताइएको छ । रेडी प्रालिले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो । जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो । उनी टेलिफोन अपरेटर हुन् । उनले एक्सरे हेर्नेसम्बन्धी तालिम लिएका व्यक्ति हुन् ।

यस्तै, खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्छ । तर, पनि उनले सुन देखेनन् । त्यस्तै, भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार