मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

खेल २४ चैत्र २०७९
आयोजकलाई हराउँदै दमक सेमीफाइनल प्रवेश

ATN khabar

इलाम । घरेलु टिम देउराली स्र्पोटिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४—२ गोल अन्तरले हराउँदै दमकले अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीबाट १—१ गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औ मिनेटमा दमकले पेनाल्टीमा सुरुवाती अग्रता बनाउन सफल रहयो । दमक लागि रोशन तामाङले गोल गरे । ७६ औ मिनेटमा बिनोद धमलाले बराबरी गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच दमकका समिर लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुनेछ ।
बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४÷४ हजार पाउनेछन् । प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार