मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १७ माघ २०७९
एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो

ATN khabar
काठमाडाैं । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी कम्प्याक्ट सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी छन्।

दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका शीर्ष नेतासँगको भेटमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको पारदर्शी र प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्।

दाहाल नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आएकी उच्चअधिकारी नुल्यान्डले शीर्ष नेतासँगको भेटपछि पाटन दरबार क्षेत्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसिसी परियोजना नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताइन्।

‘धेरै अमेरिकी नेपालमा लगानी गर्न इच्छुक छन्,’ उनले भनिन्, ‘यहाँ उनीहरूलाई लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गर्‍यौं।’ नेपाली नेतासँगको भेटका क्रममा चार विषयमा कुरा गरेको जनाउँदै नुल्यान्डले नेपाल दुई ठूला छिमेकी चीन र भारतबीच रहेको भन्दै मुलुकको हितमा प्रयोग गर्न पनि सुझाएकी छन्।

भारतसँग अमेरिकाको सुमधुर सम्बन्ध रहेको र चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको बताइन्। ‘यी दुई ठुला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं,’ उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार