मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार २५ चैत्र २०७९
महानगरका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम

ATN khabar
विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ ।

विराटनगर / विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । 

चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्ने महानगरको उद्देश्यअनुसार चार दिने तालिम आयोजना गरिएको बताए । उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि नगरेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकिने उल्लेख गरे । 

तालिममा महानगरले गर्नुपर्ने सम्पूर्ण निर्माण निर्माण सम्बन्धी कार्यहरू, वस्तु तथा सेवा खरिद गर्न पूरा गर्नुपर्ने प्रक्रिया, विधि र कानुनी व्यवस्थालगायतका बारेमा जानकारी दिइनेछ । संघीय सरकारको श्रम मन्त्रालयका उपसचिव सुवासचन्द्र सिवाकोटी, शिकेन्द्र झा, यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखलगायतले सहभागीहरूलाई प्रशिक्षण दिनुहुने महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए । तालिममा महानगरका विभिन्न महाशाखा र शाखा प्रमुखका साथै १९ वटै वडाका सचिवहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार