मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

अन्तरसंचार ११ चैत्र २०७९
जसले ज्यान जोगाए उनैबाट सारस किन 'खोसियो'

ATN khabar

एउटा दुर्लभ सारसलाई उ घाइते भएका बेला उपचार गरेर नजिकको मित्र बनेका व्यक्तिबाट फिर्ता लिइएको छ। पन्छी र मानवबीचको त्यो मित्रताको भिडिओ भाइरल बनेको थियो।

भारतको उत्तर प्रदेशका अधिकारीहरूले संरक्षण सूचिमा रहेको त्यो चरोलाई वन्यजन्तु संरक्षण क्षेत्रमा लगेका छन्।

एक वर्ष अगाडि खेतमा घाइते अवस्थामा फेला परेको चरो सन्चो भएपछि आफ्नो वासस्थान फर्केला भन्ने अपेक्षा राखिएको भए पनि त्यो उपचार गरेका व्यक्तिसँगै बस्ने गरेको थियो।

रिपोर्टहरूमा उक्त सारस उसको नयाँ घरबाट उडेर अन्तै गएको भनिएको छ तर संरक्षण क्षेत्रका अधिकारीहरूले चरो हराएको अस्वीकार गरेका छन्।

के भन्छन् अधिकारी?

तर अधिकारीहरूले त्यो समाचार अस्वीकार गर्दै सारस समसपुर पन्छी अभयारण्यको “सीमा क्षेत्रभित्रै” रहेको बताएका छन्।

एकजना वन्यजन्तु अधिकारी रुपेस श्रीवास्तवले बीबीसी हिन्दीलाई भने, “त्यसलाई एउटा कोठामा राखिएको होइन, संरक्षित क्षेत्रमा छोडिएको हो। उसले आफ्नो खाना आफैँ पनि खोजिरहेको छ र हामीले पनि गहुँ, पाउरोटी र पानी दिइरहेका छौँ।”

उत्तर प्रदेशमा कम्तीमा १७ हजार सारसहरू रहेको तथ्याङ्क छ। सारस उत्तर प्रदेशको औपचारिक “राज्यको पन्छी” पनि हो।

भारतमा कुनै पनि व्यक्तिले सारस क्रेनलाई घरमा पाल्नु वा तिनलाई खाना खुवाउनु गैर कानुनी मानिन्छ। उनीहरूले वन्यजन्तु विभागबाट चरो समात्ने आदेश आएको बताएका थिए।

राजनीतिक रङ

अखिलेश यादव

तस्बिर स्रोत,ANI

कथामा राजनीतिक रङ पनि मिसिन पुगेको छ।

उत्तर प्रदेशका मुख्य विपक्षी नेताले सरकारलाई बदलाको भाव लिएर काम गरेको आरोप लगाएका छन्।

अखिलेश यादवले एक पत्रकार सम्मेलनमा आफू उक्त चरो भएको ठाउँमा गएको र फोटो खिचेका कारण चरो किसानबाट खोसिएको बताए।

त्यसबारे राज्य सरकारको प्रतिक्रिया प्राप्त भएको छैन।

वन्यजन्तु विज्ञ समीर कुमार सिन्हाले संरक्षण क्षेत्रमा चरो पुर्‍याउनु सही काम भएको बताए। उनी वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाको सारस क्रेन कन्जरभेसन प्रोजेक्टका प्रमुख समेत हुन्।

‘‘संरक्षण र करुणा दुई फरक कुरा हुन्। समस्यामा परेको चरोलाई तपाईँ उद्धार गर्न सक्नुहुन्छ तर त्यसपछि त्यसको कानुन अनुसार व्यवस्था गर्नुपर्छ।’’

त्यस्तो नगरे अरू पनि जङ्गली जनावरलाई घरेलु बनाएर राख्न प्रेरित हुने सिन्हा बताउँछन्।

‘‘वन्य जन्तुको चरित्र जङ्गली हुन्छ। चराले कसैलाई आक्रमण गरिहाले के होला?’’

प्रतिक्रिया

सम्बन्धित समाचार