>
इनरुवा । सुनसरीका तरकारी किसानहरुले आफ्नै उत्पादन गरेको तरकारी खरीद गरि अन्य जिल्लामा लाने तरकारी व्यापारीहरुलाई प्रहरी प्रशासन र भन्सारले दुख दिएको भन्दै व्यापारीहरु आन्दोलित भएका छन् । >
सुनसरीको इनरुवा नगरपालिका वडा नं.४ स्थित रहेको रामजानकी तरकारी तथा फलफुल बिक्री केन्द्रबाट सुनसरीका किसानहरुको उत्पादन खरीद गरी सुनसरी बाहेक अन्य जिल्लाहरुमा लाने क्रममा प्रहरी र भन्सारले दुख दिएको भन्दै व्यापारी हरु आन्दोलनमा उत्रेका हुन । >
एक जिल्लाबाट अर्को जिल्ला लानका लागि अनलाईन बिलको खोजी गरेर किसान र व्यवपारी दुवैलाई प्रहरी र भन्सारले तरकारी जफत गर्ने गरि दुख दिएको भन्दै आन्दोलनमा उत्रेको सवारी चालक दिलिप साहले बताए।>
स्थानीय थोक व्यपारी श्रवण यादवले आफूहरुले इनरुवामा खरिद गरेको तरकारी जिल्ला बाहिर लान लाग्दा प्रहरीले अनावश्यक दु:ख दिएको तर भारतबाट खुलेआम भन्सार छली गरेर ल्याउने तरकारी सजिलै बिक्रीवितरण भैरहेको बताए ।>
यादवले थोक बजारले नै अनलाईन बिल नदिएकाले आफूहरुले उक्त विल दिन नसक्दा पैसा तिरेर किसानको तरकारी किन्दा समेत तरकारी जफत गरि दुस्ख दिएकोले व्यापारी हरु आन्दोलनमा उत्रेको बताए ।>
त्यस्तै किसानका समस्याका बारेमा प्रदेश १ का निर्वाचित प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले किसानलाई कुनै पनि असहज हुन नदिने बताएका छन् । मंसुरीले तरकारी उत्पादक किसानले कुनै अनलाइन बिल दिनु नपर्ने तर अर्को जिल्लामा तरकारी लानको लागि केही कागजी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले सम्बन्धीत निकायलाई सहजिकरणका लागि आग्रह गरेको बताएका हुन् ।>
भारतबाट अनाधिकृत रुपले भारतीय किसानहरुले पनि आफना उत्पादन भित्रयाएर ल्याउने गरेकाले नेपाली किसानहरु आफना लागत समेत उठाउन धौ धौ भई रहेको पिडित किसानहरु बताउँछन् । भारतीय प्लेट नम्बरका मोटरसाइकलहरुमा भन्सारका कर्मचारीहरुलाई केही रकम दिई भन्सार समेत नतिरी र नेपाली ट्राफिकहरुलाई समेत रकम दिएर खुलेआम तरकारी बिक्री गर्न इनरुवाको रामजानकी तरकारी फलफुल बिक्री केन्द्रमा आउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । >
>>